२८ जेठ २०८३, बिहीबार
मन्त्रिपरिषद् विस्तार

मन्त्रिपरिषद्‌मा सुधन गुरूङलाई ५ औं र महावीर पुनलाई ८ औं वरीयता

जेठ २६, २०८३
काठमाडौं
मन्त्रिपरिषद्‌मा सुधन गुरूङलाई ५ औं र महावीर पुनलाई ८ औं वरीयता

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्दै नवनियुक्त मन्त्रीहरूको मर्यादाक्रम (वरीयता) निर्धारण गरेका छन् । 

सम्पत्ति विवरणको छानबिनबाट ‘क्लिन चिट’ पाएपछि गृह मन्त्रालयमा पुनरागमन गरेका सुधन गुरुङ र नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको नियुक्तिसँगै नयाँ वरीयता तोकिएको हो ।

राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ मर्यादाक्रम अनुसार गृहमन्त्री सुधन गुरुङलाई मन्त्रिपरिषद्‌मा पाँचौं वरीयता दिइएको छ भने नवनियुक्त मन्त्री महावीर पुनले आठौं वरीयता पाएका छन् ।

मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त र गृहमन्त्री गुरुङको वरीयता तोकिएको छ । 

पुनलाई नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी तोक्दै आठौं वरीयता प्रदान गरिएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्