चित्लाङ–चन्द्रागिरि–थानकोट सडक विस्तारको काम धमाधम भइरहेको छ ।
काठमाडौंबाट मकवानपुर जाने सबैभन्दा छोटो दूरीको गणेशमान सिंह मार्ग विस्तारको काम भइरहेको हो ।
वर्षौंदेखि चन्द्रागिरिको विशाल पहाडको उकालो बाटो निकै जोखिम रहेको यो मार्गको विस्तारको काम सडक डिभिजन कार्यालय काठमाडौंले गरिरहेको छ ।
कुल २२ किलोमिटरको यो मार्गमध्ये काठमाडौंतर्फ दुई ठेक्कामा ग्राभेल बिच्छ्याउने लगायत काम भइरहेको छ, जसको कुल लागत करिब २२ करोडको हाराहारीमा छ ।
करिब २२ किलोमिटर लामो यो सडक खण्ड वर्षाैंदेखि जोखिमपूर्ण छ ।
साँघुरो घुम्ती, कच्ची र भत्किएको अवस्थाका कारण दैनिक हजारौं मानिसले सास्ती खेप्नुका साथै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
तर, यो वर्षौंदेखिको जोखिमपूर्ण यात्राको बाध्यता छिट्टै हट्ने संकेत देखिएको छ ।
हालै मात्र, मर्मत तथा स्तरोन्नति गर्नका लागि काठमाडौं सडक डिभिजन कार्यालयले जेठ ३० गतेसम्म यो बाटो बन्द गरेको छ ।
यही मंसिर/पुस मसान्तसम्म यसको काम सम्पन्न गरिसक्ने डिभिजन कार्यालय काठमाडौंले जनाएको छ ।
हेर्नुहोस्, भिडियो: