२९ जेठ २०८३, शुक्रबार

मोरङको जहदाबाट ९२२ किलो गाँजासहित पिकअप र मोटरसाइकल बरामद

जेठ २८, २०८३
विराटनगर
मोरङको जहदाबाट ९२२ किलो गाँजासहित पिकअप र मोटरसाइकल बरामद

सशस्त्र प्रहरी बलको संयुक्त टोलीले मोरङको जहदा गाउँपालिकाबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर सोराभाग, बिओपी नोचा र बिओपी तारेगामाको संयुक्त टोलीले ९२२.२ किलो गाँजासहित एउटा पिकअप गाडी र भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको हो।

गएराति  जहदा गाउँपालिका वडा नं. ७ स्थित महादेवकोल इलाकामा लक्ष्मनियाबाट तारीगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको वानटन पिकअप गाडीलाई नम्बरको भारतीय मोटरसाइकलले स्कटिङ गरिरहेको अवस्थामा सुरक्षा फौजले फेला पारेको थियो। सशस्त्र प्रहरीको टोलीले पिछा गरेपछि पिकअप गाडी र मोटरसाइकलका चालकहरू सवारी साधन छाडेर फरार भएका थिए।

नियन्त्रणमा लिइएको उक्त पिकअप गाडीलाई चेकजाँच गर्दा भित्र धानको भुसको बोराले छोपेर राखिएको अवस्थामा २९ पोका (९२२.२ केजी) गाँजा फेला परेको थियो । बरामद गरिएको गाँजा, पिकअप गाडी र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर सोराभागले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्