१६ असार २०८३, मंगलबार

नेकपाको नियमापत्तिपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

असार २, २०८३
काठमाडौं
नेकपाको नियमापत्तिपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले नियमापत्ति गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सांसद शर्माले विनियोजन विधेयकमाथिको छलफलमा मन्त्रालयतग छलफलका बेला सम्बन्धित मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा रहेको स्मरण गराए ।

तर मंगलबारको बैठकमा ९ वटा मन्त्रालयका विषयमा छलफल चलिरहेका बेला तीन जना मात्र मन्त्री सहभागी रहेको मन्त्री रुलिङका लागि सभामुखसँग माग गरे । 

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले बैठक आजै १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

‘नियमावलीले मन्त्रालयको सम्बन्धित विषयमा छलफल गराउँदा सम्बन्धित मन्त्रीको सहभागिता अनिवार्य गराउने भनेको छ । तर अहिले यहाँ तीन जना मन्त्री मात्र हुनुहुन्छ । ९ वटा मन्त्रालयको विषयमा छलफल हुँदैछ’, सांसद शर्माले भनेका थिए, ‘प्रधानमन्त्री त आउन चाहनुहुन्न, कम्तीमा ७ जना मन्त्री त यहाँ देखिनुपर्‍यो । सदनलाई सरकारले लगातार हेपिराख्नु हुँदैन । नियमावली अनुसार सदन चलाइयोस् । सम्बन्धित मन्त्रीलाई बोलाउन सभामुखज्यूको रुलिङको माग गर्दछु ।’

यसअघि सोमबारको बैठकमा पनि एमालेका सांसद राजेन्द्रकुमार राईले सम्बन्धित मन्त्रीको उपस्थितिविना बजेटको छलफलमा भाग नलिने अडान लिएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्