०४ असार २०८३, बिहीबार

अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै

असार ३, २०८३
काठमाडौं
अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस आज विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जुन १६ मा मनाइन्छ।

दिवसका अवसरमा विप्रेषणलाई पारिवारिक खर्चको स्रोत मात्र नभई ग्रामीण उद्यमशीलता, रोजगारी सिर्जना र स्थानीय आर्थिक रूपान्तरणको महत्वपूर्ण माध्यमका रूपमा उपयोग गर्न आह्वान गरिएको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार आप्रवासी श्रमिकहरूले पठाउने विप्रेषणबाट विश्वभर करिब ८० करोड परिवारका सदस्य लाभान्वित छन्। हाल न्यून तथा मध्यम आय भएका मुलुकहरूमा वार्षिक करिब ७०० अर्ब अमेरिकी डलर विप्रेषण भित्रिने गरेको छ।

विप्रेषणले गरिबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा तथा आर्थिक स्थायित्वमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताइएको छ।

salt training

कमेन्ट गर्नुहोस्