०५ असार २०८३, शुक्रबार

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा सात जना पक्राउ

असार ४, २०८३
काठमाडौं
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा सात जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका-२ बस्ने नुवाकोट घर भएकी ४६ वर्षीया शारदा कुमारी अधिकारी, कास्की पोखरा महानगरपालिका-३२ बस्ने २९ वर्षीया सुनिता सुवेदी तिवारी, भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने इलाम घर भएकी ३५ वर्षीया सावित्रा देवी अर्याल रहेका छन् ।

यसैगरी, रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बस्ने ४३ वर्षीय ऋषि राम पाण्डे, ३६ वर्षीया अनिता पाण्डे, सोही नगरपालिका-१ बस्ने पाल्पा घर भएकी ३५ वर्षीया अम्बिका घिमिरे र ललितपुर महालक्ष्मी नगरपालिका-१० बस्ने महोत्तरी घर भएका २२ वर्षीय योगेश कुमार यादव पनि पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये शारदाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जनाबाट ६ लाख रूपैयाँ, सुनिताले जापान पठाइदिन्छु भन्दै १ जनाबाट ४ लाख रूपैयाँ, सावित्राले रोमानिया पठाइदिन्छु भन्दै १ जनाबाट १३ लाख रूपैयाँ, ऋर्षि रामले क्यानडा पठाइदिन्छु भन्दै १ जनाबाट १ लाख रूपैयाँ असुलेका थिए ।

यस्तै, अनिताले क्यानडा पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख रूपैयाँ, अम्बिकाले क्यानडा पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख ८० हजार रूपैयाँ र योगेशले ग्रीस पठाइदिन्छु भन्दै ५ जनाबाट ३४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शारदालाई टोखा नगरपालिका-२ बाट, ऋषि राम र अनितालाई काठमाडौं महानगरपालिका-१३ बाट, अम्बिकालाई काठमाडौं महानगरपालिका-१ बाट र योगेशलाई ललितपुर महानगरपालिका-१० बाट मंगलबार तथा सुनितालाई काठमाडौं महानगरपालिका-१२ बाट र सावित्रालाई भक्तपुर नगरपालिका-१ बाट बुधबार पक्राउ गरेको  हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्