०९ असार २०८३, मंगलबार
रास्वपा महाधिवेशन

रवि-बालेनलाई गगनको सुझाव- विगतमा यस्ता जनमत दुर्घटनामा परे, अब दुर्घटना नहोस्

असार ७, २०८३
काठमाडौं
रवि-बालेनलाई गगनको सुझाव- विगतमा यस्ता जनमत दुर्घटनामा परे, अब दुर्घटना नहोस्

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जनमतको शक्ति र सीमालाई सही ढंगले बुझेर अघि बढ्न सुझाव दिएका छन्।

रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई आइतबार चितवनको भरतपुरमा सम्बोधन गर्दै थापाले नेपालमा असाधारण जनमत प्राप्त गर्ने राजनीतिक दलहरू इतिहासमा सीमितपटक मात्रै देखिएको उल्लेख गरे।

उनले इतिहासमा तीन–चार पटक मात्र राजनीतिक दलहरूले असाधारण जनमत प्राप्त गरेको स्मरण गर्दै प्रत्येक पटक त्यस्तो जनमत दुर्घटनामा परेको बताए। थापाका अनुसार त्यसको मुख्य कारण राजनीतिक दलका नेताहरूबीचको अहंकारजन्य टकराव रहेको थियो।

'यो जनमत असाधारण छ। इतिहासमा तीन–चार पटक मात्र नेपालका राजनीतिक दलले यस्तो जनमत प्राप्त गरेका छन्। हरेक पटक त्यो जनमत दुर्घटनामा पर्‍यो,' उनले भने।

थापाले जनमतले दिएको शक्तिको पनि निश्चित सीमा हुने तथ्यलाई नबुझ्दा विगतमा धेरै राजनीतिक दलहरू समस्यामा परेको टिप्पणी गरे। जनताले दिएको समर्थनलाई असीमित शक्ति ठान्ने प्रवृत्तिका कारण पनि असाधारण जनमत टिक्न नसकेको उनको भनाइ थियो।

उनले रास्वपाले विगतका राजनीतिक दलहरूले भोग्नुपरेका यी दुवै अवस्थाबाट पाठ सिक्नुपर्नेमा जोड दिए।

नेताहरूबीचको अहंकारको द्वन्द्व र जनमतको सीमाबारेको गलत बुझाइबाट जोगिन सके मात्रै जनताको विश्वासलाई दीर्घकालसम्म कायम राख्न सकिने उनको धारणा थियो।

salt training

कमेन्ट गर्नुहोस्