१४ असार २०८३, आइतबार

रुकुम पश्चिममा जीप’ दुर्घटना हुँदा आठ जना घाइते

असार १३, २०८३
रुकुम पश्चिम
रुकुम पश्चिममा जीप’ दुर्घटना हुँदा आठ जना घाइते

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ डाँगीमोडस्थित राप्ती राजमार्गमा जीप दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् । 

शुक्रबार साँझ दाङको तुल्सीपुरबाट मुसिकोट खलङ्गातर्फ आउँदै गरेको लु २ ख ४९८० नम्बरको जीप अनियन्त्रित भई सडकमा पल्टिएको थियो । 

घाइतेको  जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको र दुर्घटनासम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्