२५ असार २०८३, बिहीबार
फिफा विश्वकप–२०२६

अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा, लगातार तेस्रो खेलमा मेसीको गोल

असार १४, २०८३
काठमाडौं
अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा, लगातार तेस्रो खेलमा मेसीको गोल

साविक विजेता अर्जेन्टिना समूह ‘जे’को विजेताका रूपमा जारी फिफा विश्वकपको नकआउट चरणमा पुगेको छ ।

अर्जेन्टिनाले तीनवटै खेलमा जित हात पार्दै नौ अंक बटुल्यो । अर्जेन्टिनाले आफ्नो अन्तिम खेलमा आइतबार बिहान तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी जोर्डनमाथि ३–१ गोलको जित निकाल्यो ।

अर्जेन्टिनाका लागि जियोभानी लो सेल्सो, लाउटेरो मार्टिनेज र कप्तान लियोनल मेसीले एक–एक गोल गरे । मेसीले समूहगत चरणका लगातार तीनवटै खेलमा गोल गरे ।

जोर्डनका लागि भने एकमात्र गोल मुसा अल–तामरीले गरे । तीनवटै खेलमा पराजित भएको जोर्डन समूहगत चरणबाटै बाहिरियो ।

यो समूहबाट अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा पुग्न सफल भए । यी दुवै टोलीले आफ्नो अन्तिम खेलमा ३–३ गोलको बराबरी खेले । दुवै टोली चार–चार अंकसहित अगाडि बढेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्