०४ साउन २०८३, सोमबार

अन्तिम १६ को खेलमा पोर्चुगलको भेट स्पेनसँग पक्का

असार १९, २०८३
काठमाडौं
अन्तिम १६ को खेलमा पोर्चुगलको भेट स्पेनसँग पक्का

फिफा विश्वकपको अन्तिम ३२ को नाटकीय र विवादपूर्ण खेलमा क्रोएसियालाई २–१ ले पराजित गर्दै पोर्चुगलले अन्तिम १६ (प्रिक्वार्टरफाइनल) मा आफ्नो स्थान सुरक्षित गरेको छ।

टोरन्टो स्टेडियममा भएको यो तनावपूर्ण जितसँगै अब पोर्चुगलले आगामी चरणमा बलियो प्रतिद्वन्द्वी स्पेनको सामना गर्ने पक्का भएको छ।
विश्वकप इतिहासकै सर्वाधिक नाटकीय दोस्रो हाफमध्ये एक मानिएको यस खेलमा सबै गोल र विवाद ५० मिनेटपछिको समयमा भए। ५३औं मिनेटमा इभान पेरिसिचको गोलबाट क्रोएसियाले सुरुवाती अग्रता लिएको थियो।

तर, ६८औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई खेलमा फर्काए। प्रशिक्षक रोबर्टो मार्टिनेजले ८१औं मिनेटमा रोनाल्डोलाई बाहिर निकाल्दै गोन्कालो रामोसलाई मैदान छिराउने साहसी निर्णय गरे, जुन अन्ततः निर्णायक सावित भयो। ९४औं मिनेटमा राफेल लियोको उत्कृष्ट क्रसमा रामोसले सानदार हेडरमार्फत गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए।
खेलको वास्तविक ड्रामा भने १० मिनेटको इन्जुरी समय सकिएपछि पनि जारी रह्यो। १ सय १३औं मिनेटमा क्रोएसियाका जोस्को ग्वार्डिओलले गोल गरेपछि रंगशालामा क्रोएसियाली समर्थकको खुसीको सीमा रहेन। तर, भिएआरको लामो र विवादास्पद समीक्षापछि रेफ्रीले उक्त गोललाई अफसाइड घोषित गरिदिए। यो निर्णयपछि आक्रोशित बनेका क्रोएसियाली समर्थकहरूले मैदानमा बोतल र क्यान प्रहार गरेपछि खेल केही समय अवरुद्ध समेत भएको थियो।

अन्ततः थपिएको इन्जुरी समयपछि रेफ्रीले अन्तिम सिठी फुक्दा पोर्चुगलले जितको उत्सव मनायो। यो हारसँगै क्रोएसियाका महान् खेलाडी लुका मोड्रिचको विश्वकप यात्रा समाप्त भएको छ भने पोर्चुगलले उपाधि यात्रालाई कायम राख्दै स्पेनसँगको भिडन्त तय गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्