०५ साउन २०८३, मंगलबार

अनलाइन सट्टेबाजीको आरोपमा चार जना पक्राउ, १ करोड ९६ लाखभन्दा बढी कारोबार

साउन ४, २०८३
काठमाडौं
अनलाइन सट्टेबाजीको आरोपमा चार जना पक्राउ, १ करोड ९६ लाखभन्दा बढी कारोबार

अनलाइन जुवा (सट्टेबाजी) खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरूले विभिन्न बेटिङ वेबसाइटमार्फत १ करोड ९६ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार काठमाडौंका विभिन्न स्थानमा अनलाइन सट्टेबाजी सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले साउन २ गते काठमाडौं महानगरपालिका–१ नारायणचौर क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

null

पक्राउ पर्नेमा कालिकोटको तिलागुफा नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१ बस्ने २० वर्षीय टेकेन्द्र शाही, बर्दियाको बाँसगढी नगरपालिका–१ घर भई भक्तपुर बस्ने २६ वर्षीय विश्व रेग्मी, बर्दियाको बढैयाताल गाउँपालिका–५ घर भई भक्तपुर बस्ने २३ वर्षीय अजय महतारा र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ घर भई भक्तपुर बस्ने २२ वर्षीय आदित्य वाल्मीकि छन् ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले एडब्लुएट, खल्ती ८८ र वान एक्स बेडलगायतका वेटिङ वेभसाईट प्रयोग गरी अनलाइन जुवा खेल्ने तथा खेलाउने गरेका थिए।

अनुसन्धानका क्रममा ती बेटिङ वेबसाइट र मोबाइल बैंकिङमार्फत नेपाली रुपैयाँ १ करोड ९६ लाख ३ हजार ५ सय ११ रुपैयाँ १४ पैसा बराबरको कारोबार भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले उनीहरूमाथि अनलाइन जुवा (सट्टेबाजी) गर्न गराउन नहुने कसरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको एसपी भट्टराईले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्