
नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले प्रोटोन इ. मास ५ कम्प्याक्ट एसयूभी सार्वजनिक गरेको छ ।
नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय गाडीको रूपमा ल्याइएको इ. मास ५ एक नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको विकल्प रहेको कम्पनीको दाबी छ । जसले ग्राहकहरूलाई सहरी जीवनशैली र दैनिक यात्रा अनुभवमा नयाँ आयाम थप्ने इ. मास सार्वजनिक कार्यक्रममा जानकारी दिइयो ।
प्रोटोन इ. मास ५ ले हालसालै मलेसियाको प्रतिष्ठित ‘अलायान्ज डिएसएफ भिहेकल अफ द यिअर अवार्ड्स’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भिहेकल अफ द यिअर २०२६’ को उपाधि हासिल गरी अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको छ ।

अत्याधुनिक प्रविधि र बौद्धिक (इन्टेलिजेन्ट) डिजाइनको उत्कृष्ट संगम रहेको इ.मास ५ मा ‘वायरलेस एप्पल कारप्ले’ र ‘एन्ड्रोइड अटो’ सुविधासहित १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली रहेको छ ।
साथै, अगाडि ७० लिटरको फ्रन्ट ट्रङ्क (फ्रङ्क) र पछाडि ३७५ लिटरको ‘एक्पान्डेबल रियर लगेज कम्पार्टमेन्ट’सहित उपयोगितालाई ध्यानमा राख्दै बनाइएका सामान राख्न गर्न मिल्ने ३२ वटा विभिन्न ठाउँहरू (स्टोरेज कम्पार्टमेन्ट्स) रहेका छन्, जसले नियमित दैनिक छोटो दुरीको यात्रा र लामो दुरीको भ्रमण दुवैका लागि व्यावहारिक उपयोगिता र सहजता प्रदान गर्दछ ।
सार्वजनिकीकरण समारोहमा नेपालस्थित मलेसियन दूतावासका प्रतिनिधिहरू, अटोमोबाइल क्षेत्रका सरोकारवालाहरू, व्यावसायिक साझेदारहरू, सञ्चारकर्मीहरू, अटो–पत्रकारहरू, इन्फ्लुएन्सरहरू लगायत विशिष्ट अतिथिहरू र ग्राहकवर्गको उपस्थिति रहेको थियो ।
यो भव्य उपस्थितिले नेपालमा दिगो गतिशीलताका समाधान (सस्टेनेबल मोबिलिटि सोलुसन्स) प्रति सबैमाझ बढ्दो चासोलाई दर्शाउँछ ।

