
म्याग्दी १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मालिका गाउँपालिका ५ देविस्थान पन्थुक बस्ने २२ वर्षीय विकल बिक छन् ।
उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिकलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी मुनाताकमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।