१६ असार २०८३, मंगलबार

झापामा बलात्कार आरोपमा एक जना पक्राउ

असार १५, २०८३
काठमाडौं
झापामा बलात्कार आरोपमा एक जना पक्राउ

झापामा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका- ५ शिवगंज बस्ने ४५ वर्षीय मनोज माझी छन् । उनलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मनोजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्