१९ असार २०८३, शुक्रबार

टिपरको ठक्करबाट ट्याक्टर चालकसहित पाँच जना घाइते

असार १८, २०८३
काठमाडौं
टिपरको ठक्करबाट ट्याक्टर चालकसहित पाँच जना घाइते
फोटो : नेपाल प्रहरी

सप्‍तरीको कञ्चनरूप नगरपालिका-९ विष्णु मन्दिर नजिक पूर्व-पश्चिम लोकमार्गमा टिपरले ट्याक्टरलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् ।

बिहीबार बिहान करिब ६:३० बजे रुपनगरबाट कञ्चनपुरका लागि छुटेको मधेश प्रदेश ०१–००१ त २७६० नम्बरको ट्याक्टरलाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ६००९ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा ट्याक्टर चालक कञ्चनरूप नगरपालिका-११ का ३० वर्षीय श्यामकुमार सदा, सोही स्थानका १८ वर्षीय धीरजकुमार सदा, ६० वर्षीय महमद रहमान, ५५ वर्षीया नाजो खातुन र ३२ वर्षीया सवनम खातुन घाइते भएका छन् ।

घाइतेमध्ये महमद रहमान, नाजो खातुन, श्याम कुमार सदा र सवनम खातुनलाई थप उपचारका लागि विराटनगर रिफर गरिएको छ । धीरजकुमार सदाको भने धर्मेश्वर अस्पतालमै उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न ट्याक्टर, टिपर तथा टिपर चालक उदयपुर चौदण्डीगढी नगरपालिका-४ का अन्दाजी २८ वर्षीय प्रदीप विश्वकर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्