
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा खसेको छ ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ अन्तर्गत साङ्गेतडास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रनाब उपरीक्षक श्रवणकुमार विकले लोकान्तरलाई जानकारी दिए ।
गाडीमा चालक सुर्खेत पञ्चपुरी नगरपालिका-८ निवासी अन्दाजी २८ वर्षीय तुलाराम सुवेदीसहित पाँच जना सवार रहेको प्रारम्भिक सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।
गाडी सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको छ।
घटनास्थलबाट एक जना पुरुषलाई फेला पारी सडकतर्फ ल्याउने कार्य भइरहेको छ।
अन्य सवारको उद्धार कार्य जारी रहेको छ र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।