१९ असार २०८३, शुक्रबार

विवाह समारोहमा अनियन्त्रित रथको प्रवेश : एक जनाको मृत्यु, चालक फरार

असार १९, २०८३
धनुषा
विवाह समारोहमा अनियन्त्रित रथको प्रवेश : एक जनाको मृत्यु, चालक फरार

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित खतबैया टोलमा आयोजित विवाह समारोहमा विहेको रथ अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय सञ्जय मुखियाकी १३ वर्षीया छोरी सरस्वती मुखिया रहेकी छिन्।

सरस्वतीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

स्थानीय केश्वर मुखियाकी छोरीको विवाहका अवसरमा गएराति मटकोर विधि सञ्चालन भइरहेको थियो।

सोही क्रममा प्रदेश २–०३–००१ च ७४६८ नम्बर को विहेको रथको ब्रेक अचानक फेल भई रथ अनियन्त्रित रूपमा विवाह समारोहमा पसेको थियो।

विवाह समारोहमा रथ प्रवेश गर्दा स्थानीय विकाउ मुखियाकी ३५ वर्षीया श्रीमती कवितादेवी मुखिया घाइते भइ प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीले रथ नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी भइरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्