२४ असार २०८३, बुधबार

१९ दिनमै साढे ४० हजार मेट्रिकटनभन्दा बढी रासायनिक मलको बिक्री–वितरण

असार २२, २०८३
काठमाडौं
१९ दिनमै साढे ४० हजार मेट्रिकटनभन्दा बढी रासायनिक मलको बिक्री–वितरण

 यसवर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ सुरु भएको छ । रोपाइँकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले रासायनिक मलको अभाव भने झेल्नु परेको छैन ।

असारको सुरुआती १९ दिनमै साढे ४० हजार मेट्रिकटनभन्दा बढी रासायनिक मलको सहज बिक्री–वितरण भइसकेको छ । यही असार १ देखि १९ गतेसम्मको सरकारी तथ्याङ्कअनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनमार्फत कूल ४० हजार ५६९.२५ मेट्रिक टन रासायनिक मल किसानको खेतबारीसम्म पुगिसकेको छ ।

“विगतका वर्षहरूमा धान रोपाइँको मुख्ययाममै किसानले रासायनिक मल नपाएर सास्ती खेप्नुपर्ने बाध्यात्मक अवस्था थियो”, “प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल भनिन्, “तर यसपटक सरकारले बेलैमा आपूर्ति व्यवस्थापन, भण्डारण र वितरण प्रणालीलाई वैज्ञानिक र चुस्त बनाएका कारण किसानले माग गरेकै समयमा सहज रूपमा मल पाइरहेका छन् ।”

यसबाट राष्ट्रिय आपूर्तिमा सरकारी निकायका बीचको समन्वय पनि निकै प्रभावकारी देखिएको छ । कूल वितरणमध्ये कृषि सामग्री कम्पनी लिमिटेडले २६ हजार ९९४.६५ मेट्रिकटन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले १३ हजार ५७४.६ मेट्रिकटन मल उपभोक्ता समक्ष पु¥याएर बजारको मागलाई सन्तुलित बनाएको छ ।

रापोइँको समयमा मलको आवश्यकताका बारेमा जानकार रहेको सरकारी संयन्त्रले मागअनुसार कै मल बजारमा पठाएका कारण यस अवधिमा सबैभन्दा बढी २३ हजार ४८२.४ मेट्रिकटन युरिया, १७ हजार ७४९ मेट्रिकटन डिएपी र दुई हजार ३३७ मेट्रिकटन पोटास मल किसानले सहजै प्राप्त गर्न सकेका हुन् ।

विगतका अनुभवहरूलाई हेर्दा असार १५ गते (राष्ट्रिय धान दिवस) को आसपासमा मलको माग अत्यधिक भई प्रणाली नै प्रभावित हुने गर्दथ्यो । असारको सुरुमा दैनिक औसत बिक्री ८७६.४५ मेट्रिकटन मात्र रहेकोमा असार १५ गते बढेर चार हजार ८७७.१५ मेट्रिकटन पुगेको थियो । विगतका कैयौँ बर्षका तुलनामा यो सबैभन्दा धेरै मात्रा हो ।

तर, माग सँगसँगै वितरण प्रणालीलाई पनि समानान्तर रूपमा चुस्त राखिएकाले एकैदिन झण्डै पाँच हजार टन मल वितरण हुँदासमेत कतै पनि आपूर्ति शृङ्खला नखल्बलिएको कृषिका अधिकारीहरु बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्