
काठमाडौं, १४ माघ — पुलाउ सबैलाई मन पर्ने परिकार हो । तपाईं अनेक किसिमले पुलाउ बनाउन सक्नुहुन्छ । यहाँ हामी तपाईंलाई भेजिटेबल पुलाउ बनाउन सिकाउँछौं ।
सामग्री
तेल दुई चम्चा
सूप एक चम्चा
सर्स्युँको बीउ एक चम्चा
मेथी एक चम्चा
अलैंची दुईवटा
जीरा एक चम्चा
हींग आधी चम्चा
प्याज १०० ग्राम
अदुवा–लसुनको पेस्ट एक चम्चा
गाजर ४० ग्राम
स्वीट कोर्न ४५ ग्राम
उमालेको काबुली चना १२० ग्राम
बेसार आधी चम्चा
रातो खुर्सानीको धूलो आधी चम्चा
गरम मसला आधी चम्चा
भिजाएको चामल ३०० ग्राम
पानी ७५० मिलिलिटर
विधि
कराहीमा तेल तताएर सूप, सर्स्युँको बीउ, मेथी, अलैंची, जीरा र हींग हालेर खैरो नहुन्जेल भुट्नुस् ।
अब त्यसमा प्याज हालेर भुट्नुस् र अदुवा–लसुनको पेस्ट मिसाउनुस् ।
त्यसमा गाजर र स्वीट कोर्न हालेर सात मिनेटसम्म पकाउनुस् ।
अब त्यसमा काबुली चना र बेसार हालेर मिसाउनुस् अनि त्यसमा रातो खुर्सानी, गरम मसला अनि नून हालेर मज्जाले मिसाउनुस् ।
त्यसमा भिजाएको चामल हालेर पानी हाल्नुस् अनि २० मिनेटसम्म पकाउनुस् ।
भेजिटेबल पुलाउ तयार भयो । तात्तातो पस्किनुस् ।
एजेन्सी