
काठमाडौं ११ फागुन– वातावरण तथा जनसंख्या मन्त्री लालबाबु पण्डितले जनताको पक्षमा काम गर्दा आइपर्ने कुनै बाधासामु आफू नझुक्ने बताएका छन् । उनले जनताको पक्षमा काम नगर्नेलाई तह लगाएर छाड्ने बताए ।
लोकान्तर डटकमले शुरु गरेको ‘लोकान्तर शो’ को पहिलो कार्यक्रममा मन्त्री पण्डितले आफ्नो ताकतले भ्याएसम्म काम गर्ने बताएका हुन् ।
‘देश र जनताको हीतमा राम्रो काम गर्दा फासीमा झुण्डिन तयार छु, कायर जस्तो पछाडि फर्किने छैन’ उनले भने ।
मन्त्री पण्डितले काठमाडौंलाई मास्कमुक्त शहर बनाउने प्रण समेत गरेका छन् । सडक खन्ने र मर्मत नगर्ने प्रबृत्तिलाई निरुत्साहित पार्ने उनले बताए ।
हेरौं अन्तरवार्ताको सम्पादित अंशः