०४ असार २०८३, बिहीबार

होली खेल्ने क्रममा थापाको हत्या गरी फरार रहेकालाई प्रहरीले गर्‍यो सार्वजनिक

फागुन २३, २०७४
होली खेल्ने क्रममा थापाको हत्या गरी फरार रहेकालाई प्रहरीले गर्‍यो सार्वजनिक

फागुन २३, धनगढी–  टीकापुर नगरपालिका–३ का स्थानीय २१ वर्षी करण थापाको हत्यामा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलाली आज दुई जना अभियुक्तलाई सार्वजनिक गरेको छ ।

फागुन १७ गते राति टीकापुरस्थित खेलमैदानमा होली खेल्ने क्रममा कर्ण थापाको हत्या गरि फरार रहेका टीकापुर नगरपालिका १ का १९ वर्षी संदिप रावल र टीकापुर नगरपालिका वडा नम्बर ३ घर भै ब्लक नं. १२ वस्ने २१ वर्षीय सागर पाण्डेयलाई प्रहरीले आज पत्रकार सम्मेमलन गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले हत्या गरि फरार रहेका उनीहरुलाई फोन टयापिङ्गको आधारमा पक्राउ गर्न सफल भएको बताए । उनले हत्या भएको राति टीकापुरसंगै जोडीएको बर्दियामा लुकि बसेका र भोलीपल्ट नेपालगंज हुदै काठमाण्डौ पुगेको जानकारी पाएपछि प्रहरी नायब निहीक्षक हरि सिंह धामीको कमाण्डमा प्रहरी टोली पठाई काठमाण्डौ बालाजुमा हिडिरहेको अवस्थामा पक्राउ गरि हवाई मार्ग हुदै धनगढी ल्याएको बताए ।

गत विहिबार राति करिब साढे ११ बजेतिर सामान्य विवादमा रावलले मृतक थापालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसंधानबाट खुलेको बताउँदै प्रहरी उपरीक्षक घिमिरेले हत्यामा दुई जनाको मात्रै संलग्नता भएको बताए । हत्यामा संलग्न रहेका उनीहरुलाई मुलुकी ऐन २०२० ज्यान सम्बन्धी महल दफा १३ को १ बमोजिम सजायको मागदावि सहित मुद्दा दर्ता गरिने प्रहरीले जानकारी दिएको छ । उक्त महलमा आजीवन काराबासको सजाय हुने व्यवस्था रहेको छ ।

हत्याको विरोधमा स्थानीयहरुले टीकापुर ठप्प पार्दै आएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्