×

NMB BANK
NIC ASIA

पुलिस रिपोर्ट प्रमाणीकरणमा हदैसम्मको सास्ती, विदेश जाने युवा तीन दिनदेखि लाइनमा

फागुन २७, २०७४

NTC
Premier Steels

काठमाडौं, २७ फागुन-गत फेब्रुअरीदेखि युएई सरकारले आफ्नो देशमा काम गर्नका लागि भित्रिने सबै देशका श्रमिकहरूको चारित्रिक प्रमाणपत्र अनिवार्य गरेको छ । पछिल्लो पटक नेपालसहित भारत, अमेरिका, बेलायत, फ्रान्स, अस्ट्रेलिया लगायतका देशहरूलाई यस्तो व्यवस्था अनिवार्य गरिएको हो । अन्य देशको हकमा यो व्यवस्था पहिलेदेखि नै लागू थियो ।

Muktinath Bank

सम्बन्धित देशको प्रशासनिक निकायबाट उक्त प्रमाणपत्र प्राप्त गरेपछि मान्यता दिइने भए पनि नेपालको हकमा नेपालमा रहेको युएईको दूतावासबाट थप प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको छ । सामान्यतया काम गर्न जाने व्यक्तिको आचरण ठीक रहेको या नरहेको चारित्रिक प्रमाणपत्रलाई प्रमाणीकरण गर्ने काम नेपालको गृह-प्रशासन र परराष्ट्र मन्त्रालयको भए पनि हामी आफैँ प्रमाणीकरण गर्छौं भन्दै युएई सरकारले काठमाडौंको पानीपोखरीस्थित आफ्नो दूतावासबाट जनही रु. ४४०० असुल गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युएईबाहेक कतिपय अरु देशमा काम गर्न जानेहररुले पहिला पनि आफ्नो चारित्रिक प्रमाणपत्र पेश गरेर जाने गरेका थिए, तर उनीहरूले आफू जानुपर्ने देशको दूतावासमा प्रमाणीकरण गर्नुपर्ने नाममा यसरी सास्ती खेपेका थिएनन् । गुल्मीका धनबहादुर सार्की शनिवार दिउँसो दुई बजेदेखि लाइन लागेर बसेका थिए । तर उनले आइतबार १२ बजेसम्म पनि टोकन पाउन सकेनन् ।


Advertisment
Nabil box
Kumari

Vianet communication

१२ बजे टोकन वितरण सकिइसकेको जानकारी पाएपछि आफ्नो हातमा रहेको पुलिस रिपोर्ट पट्याएर झोलामा हाल्ने तरखरमा थिए । टोकन नपाइने पक्कापक्की भए पनि लाइन भने हटेको थिएन । 'किन हिँड्नु ? आफ्नो लाइनमा अर्को आएर बस्दिन्छ र भोलि फेरी पछि परिन्छ !' अर्का युवाले मलिन भएर भने ।

प्रमाणपत्र प्रमाणीकरण गराउन जानेहरूको यस्तो अवस्था देखेपछि भीड व्यवस्थापन गरिरहेका एक प्रहरी हवल्दार बेलबहादुर क्षेत्रीसंग हामीले केही कुरा गर्न खोज्यौँ, तर उनले दूतावास र भीआइपीहरूको बारेमा आफूले कहिल्यै केही भन्न नमिल्ने बताए ।

मोरङबाट चार दिनअघि आएकी सोनी लिम्बूले आफ्नो चारित्रिक प्रमाणपत्र आज बल्ल बुझाउन पाइन् । बुझाइसकेपछि उनी खुसी देखिन्थिन् । अस्तिदेखि लाइनमा बसेकी उनले आफूले टोकन नपाए पनि, अरुकै टोकन मार्फत् आफूले प्रमाणपत्र बुझाएको बताइन् । अब त्यो प्रमाणीकरण भएर ४-५ दिनमा आउने र त्यतिबेला फेरी लाइनमा बस्नुपर्ने पिरले भने उनलाई सताएको रहेछ । एउटा टोकनमार्फत ३० वटासम्म प्रमाणपत्र प्रमाणीकरणका लागि बुझाउन सकिने रहेछ । 

केहीदिन अघिसम्म रु. ४३०० लिने गरिएकोमा अहिले रु. ४४०० दस्तुर बनाइएको रहेछ । के कारणले १०० बढाइयो भनेर सोध्दा त्यहाँ रहेका प्रहरी कर्मचारीहरू बोल्न नमाने पनि भीड धेरै भएर त्यहाँको ‘रेलिंग’ भाँचिएपछि त्यसैको पैसा असुल गर्न रु १०० बढाइएको हुनसक्ने लाइनमा बस्नेहरूले नै बताए ।

दिनमा करीब एक हजारदेखि १२ सयसम्म युवायुवती पुलिस रिपोर्ट प्रमाणीकरणका लागि आउने गरेकोमा मुश्किलले ४०० जतिले मात्र आफ्नो रिपोर्ट पेस गर्न पाउँछन् र उनीहरूलाई थप ४-५ दिन झुलाउने गरिएको छ । पुलिस रिपोर्ट प्रमाणीकरण गरिएपछि मात्र बल्ल भिसा लाग्ने गर्दछ, यसैकारण प्रमाणीकरणको नाममा यतिको धेरै सास्ती पाएपछि पनि आफू काम गर्न युएई जान पाउने/नपाउने भन्ने थाहा हुँदैन । 

वाईसीएलले ज्ञापनपत्र बुझाउने

वाईसीएल काठमाडौंले युएई दूतावासको यो प्रावधानका कारण धेरै युवाले सास्ती पाएका छन् भन्दै युएईको नेपालस्थित राजदूत शइद हमदान अल नेकीलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरिरहेको छ ।

लोकान्तरसंग कुरा गर्दै वाईसीएल काठमाडौंका सचिव धिरज उपरकोटीले युएई सरकारको यो प्रावधानले धेरै नेपाली युवाले सास्ती खेप्नुपरेको बताउँदै राजदूतलाई नै भेटेर ज्ञापनपत्र बुझाउने तयारीमा आएको तर आफूलाई समय दिन नसक्ने सुचना भित्रबाट पाएपछि परराष्ट्र मन्त्रालयमार्फत दबाब दिनुपर्ने भो भन्दै आक्रोश पोखे ।

उनीसंग थप प्रतिक्रिया माग्दा, छिटो टोकन दिलाइदिने र अन्य सेटिंग मिलाइदिने भनेर भीड व्यवस्थापनका लागि बसेका प्रहरीहरूले नै मान्छे हेरेर पैसा माग्ने र काम छिटो गराइदिने आश्वासन दिने गरेको गुनासो आफूसमक्ष आएको बताए ।

एउटा टोकन लिएर तीसवटासम्म प्रमाणपत्र प्रमाणीकरणका लागि भित्र दर्ता गर्न सकिने भएपछि आर्थिक चलखेल थप बढेको छ ।

बुधबारदेखि एजेण्टलाई जिम्मा!

लोकान्तरलाई प्राप्त सूचनाअनुसार आगामी मार्च १४ देखि चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका एजेण्टकोमा जानुपर्ने भएको छ । दूतावासमा बुझाउनुपर्ने प्रमाणपत्र महानगरपालिकाको उत्तरढोका वडा नम्बर २ मा रहेको ‘वाईएसीसीए’ ट्राभल्स एण्ड टुर्स र हात्तीसारमा रहेको  ‘सिटी एक्सप्रेस इन्टरनेसनल टुर्स एण्ड ट्राभल्स’ मार्फत बुझाउनु पर्नेछ ।

यसरी युएई दुतावासले नै एजेन्टमार्फत चारित्रिक प्रमाणपत्र बुझाउन सर्कुलेसन गरेपछि सेवाग्राहीहरु झनै अन्यौलमा परेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x