०३ असार २०८३, बुधबार

श्रमको फारम भरिदिने नाममा अवैध रकम असुल्ने ३० जना दलाल ताहाचलबाट पक्राउ

चैत २८, २०७४
श्रमको फारम भरिदिने नाममा अवैध रकम असुल्ने ३० जना दलाल ताहाचलबाट पक्राउ

काठमाडौं, २८ चैत-श्रमको फारम भराउने नाममा अवैध रकम असुलिरहेका ३० जना वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालय अगाडिबाट पक्राउ परेका छन् ।

सेवाग्राही बनेर सादा पोशाकमा गएका प्रहरीहरुले ठगी गरिरहेको अवस्थामा बुधबार ३० जनालाई रंगेहात पक्राउ गरेको प्रहरीको अपराध अनुसन्धान महाशाखा टेकुका डीएसपी मनकुमार थापाले लोकान्तरलाई जानकारी दिए ।

श्रमको फारम अनलाइन भर्ने र वैदेशिक रोजगारमा जानेहरूको बीमा गरिदिने नामामा उनीहरूले रु ५०० देखि रु २५०० सम्म असुल्ने गर्ने गरेको स्थलगत रिपोर्टिङसहितको समाचार लोकान्तर डटकमले फागुन २१ गते प्रकाशित गरेको थियो । त्यसलगत्तै ३५ जना पक्राउ परेका थिए ।

दैनिक एक दुईजना समातिने गरेको भए पनि सामूहिक रूपमा यति धेरैजना समातिएको यो दोस्रो पटक हो ।

यसरी समातिएकाहरूलाई जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अपराधको मुद्दा लगाउने गरेको छ । यसअघि समातिएकाहरू तारेख धाइरहेका छन् ।

यो पनि पढ्नुहोस्

श्रम गर्न जानेबाट जनही २५ सयसम्म ठगी, सोल्टीमोडबाटै पछि लाग्छन् दलाल

'जीटुजी' सम्झौता : किन तर्सिँदैछन् म्यानपावर व्यवसायी ?

सिंहदरबारमा गोकर्णको आगमन : दलालहरूको निदहराम, बिचौलियाको भागाभाग !

भेडाबाख्राको जस्तो बसाइ, साहुको गाली, रेमिट्यान्सले मुलुकमा ताली

कोरिया सपनाको नमिठो ऐंठन : आफ्नो देश कहिले बनाउने ?

 

 

 

 

salt training

कमेन्ट गर्नुहोस्