०४ असार २०८३, बिहीबार

यस जातिका महिला कहिल्यै नुहाउँदैनन् तैपनि सुन्दर छन्, कसरी ?

यस जातिका महिला कहिल्यै नुहाउँदैनन् तैपनि सुन्दर छन्, कसरी ?

काठमाडौं — संसारमा यस्ता अनेकौं जनजातिहरू छन् जसका संस्कार र रीतिरिवाज अचम्मका हुन्छन् । 
अफ्रिकाको नामिबियामा बस्ने हिम्बा जातिका महिलाहरूलाई नुहाउन प्रतिबन्ध लगाइएको छ । यी महिलाहरूलाई पानीले हात समेत धुन दिइँदैन ।

तर यसका बाबजुद यहाँका महिलालाई अफ्रिकाकै सबभन्दा सुन्दर महिला मानिन्छ । 

हिम्बा जनजातिमा २० देखि ५० हजार मानिस रहेको अनुमान गरिन्छ । 

यी महिलाहरू सफा बस्नका लागि एक खास तरिका अपनाउँछन् । उनीहरू केही जडीबुटीलाई पानीमा उमालेर त्यसबाट निस्केको बाफले शरीरलाई फ्रेश राख्छन् । यसो गर्दा उनीहरूको शरीरबाट दुर्गन्ध निस्कन पाउँदैन । 

चर्को घामबाट छाला जोगाउन यी महिलाहरू जनावरको बोसो र हेमाटाइट धूलोबाट बनेको लोसन लगाउँछन् । 

त्यो धूलोका कारण यिनीहरूको शरीर रातो हुन्छ । यो लोसनका कारण उनीहरूलाई कीराले पनि टोक्न सक्दैन । 

यी महिलाहरूलाई रेड वुमेन भनेर चिनिन्छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्