१४ असार २०८३, आइतबार

विराटनगरमा एकैरात डाक्टरको घरदेखि क्याम्पससम्म चोरी

बैशाख १२, २०७५
विराटनगरमा एकैरात डाक्टरको घरदेखि क्याम्पससम्म चोरी

विराटनगर १२ बैशाख –विराटनगरमा पछिल्ला दिनहरुमा चोरीका घटमा बृद्धि हुँदै जान थालेको छ । दिन प्रतिदिन चोरीका घटना बढ्न थालेपछि प्रहरीमाथि चुनौति नै थपिएको छ । 

गएराती मात्र विराटनगरका दुई छुट्टाछुट्टै स्थानमा चोरी भएको छ ।  विराटनगर १० तिनटोलीया स्थित जेनिथ कलेज नजिकै एक डाक्टरको घरमा र  महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगरमा चोरी भएको हो  । 

महेन्द्र मोरङ क्याम्पस विराटनगरको विविए संकायको प्रशासन शाखामा बिहान ४ बजेतिर चोरी भएको हो । 

विविए संकायका निर्देशक एवम् प्राध्यापक नरेन्द्र दाहालका अनुसार क्याम्पस प्रशासनको गेटमा लगाइएको ६ वटा ताल्चा फुटाएर चोरी भएको छ ।  चोरहरुले एउटा ल्यापटप र क्यामारा चोरी गरेका छन् । क्याम्पस प्रशासनमा राखिएको सीसी क्यामरा समेत जडान गरिएको छ तर उक्त सिसी क्यामेराको तार समेत काटेर क्याम्पस प्रशासनले जनाएको छ । 
 
विराटगरको गोल्डेन हस्पिटलमा कार्यरत डा संजिव कुमार ठाकुरको घरमा पनि चोरी भएको छ । घरमा कोही नभएको मौका पारी रातको समयमा चोरहरुले घरको पर्खाल नाघेर घरमा चोरी गरेको प्रहरीको भनाई छ । 
 

चोरहरुले घरमा रहेको ग्रिल र ढोकामा लगाएको ताल्चा तोडी चोरी गरेका थिए ।  डाक्टर सुत्ने कोठामा रहेको स्टिल दराजको ताला तोडेर सुनका गरगहना चोरी भएको बताइएको छ ।  चोरहरुले सुनको ३ वटा ब्रास्लेट एक थान सुनको सिक्री चोरी भएको डाक्टर ठाकुरले जानकारी दिए ।  आफूहरु  काम विशेषले विराटनगर बाहिर गएको मौकामा चोरी भएको उनले बताए । 
 
जिल्ला  प्रहरी कार्यालय मोरङले दुबै घटनामाथि  अनुसन्धान सुरु गरेको जनाएको छ ।  दुवै घटनाको बारेमा प्रहरीले चोरी गर्नेहरुको हुलिया पत्ता लगाइएको र गोप्य रुपमा अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी सुरेन्द्र सिटौलाले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्