१४ असार २०८३, आइतबार
३३ किलाे सुन प्रकरण

सनम शाक्यको हत्या अभियोगमा एसएसपी लोहनी पक्राउ

बैशाख १९, २०७५
सनम शाक्यको हत्या अभियोगमा एसएसपी लोहनी पक्राउ

काठमाडौं, १९ चैत– गत माघ पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर गायब भएको भनिएको तस्करीको ३३ किलो सुनसँगै जोडिएको सनम शाक्य हत्या प्रकरणमा महानगरीय प्रहरी अपराध महाशाखाका तत्कालीन प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी पक्राउ परेका छन् । 

३३ किलो सुनका तस्कर र मोरङका सनम शाक्य हत्याका अभियुक्त जोगाउन खोजेको अभियोगमा मोरङ प्रहरीले उनलाई बयानका लागि बोलाएको थियो । बुधवार बयानका लागि बोलाइए पनि मंगलवार नै मोरङ पुगेका एसएसपी लोहनीलाई बयान पछि पक्राउ पूर्जि थमाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । 

बयान चित्तबुझ्दो नभएपछि लोहनीलाई पक्राउ गरिएको मोरङ प्रहरीका एक अधिकारीले जानकारी दिए । एसएसपी लोहनीविरुद्ध संगठित अपराध र कर्तव्य ज्यानमा प्रमाण नस्ट गर्न लगाएको अभियोगमा मुद्दा चलाउन बुधवार नै जिल्ला अदालत मोरङमा पेश गरिँदै छ । 

संयुक्त अरब ईमिरेट्स (युएई)बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्र्याइएको ३३ किलो सुन बेपत्ता भएपछि मोरङमा सनमको हत्या भएको थियो । 

हत्या प्रकरणको छानवीन गर्न भन्दै तत्कालीन अपराध महाशाखाको नेतृत्वमा रहेका लोहनीले डिएसपी प्रजित केसीको नेतृत्वमा टोली पठाएका थिए । अधिकार क्षेत्र मिचेर घटनामा अनावश्यक चलखेल गर्न सक्रिय भएको देखिएपछि लोहनीसहित डिएसपी केसी र सई बालकृष्ण सञ्जेललाई गैत चैत २२ गते अपराध महाशाखाको जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालय तानिएको थियो । 

डिएसपी केसी र सई सञ्जेल यसअघिदेखि नै प्रहरी हिरासतमा छन् भने एसएसपी लोहनीलाई पनि बुधवार अदालतमा म्याद थप गराएर थप अनुसन्धानका लागि हिरासतमा पठाइने छ । 

३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणमा बहालवाला एसपी विकासराज खनाल, पूर्व डिआईजी गोविन्द निरौलासहित ६ जना प्रहरी कर्मचारी यसअघि देखि नै हिरासतमा छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्