
काठमाडौं, १५ असार– खानोपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन)ले युएसएआइडीसँगको सहकार्यमा सञ्चालन गरिरहेको पहिलो चरणको पानी परियोजना सम्पन्न भएको छ ।
परियोजनाले एकीकृत जलाधार व्यवस्थापनमा जनचेतना तथा क्षमता अभिबृद्धि, जलीय जैविक विविधताको संरक्षण सम्बद्र्धनमा महत्वपूर्ण टेवा पुर्याएको महासंघले जनाएको छ । परियोजनाले ४ वटा जलाधार क्षेत्रमा रहेका खानेपनी तथा सरसफाइ उपभोक्ता उपभाmो समुह, महिला समुह, खानेपानी तथा सिंचाई समुह, स्थानीय स्तरका आदिवासी, जनजाती तथा दलित, नागरिक संगठन, सरोकारवाला, वातावरण पत्रकार समुह, मध्यपश्चिमाञ्चल विश्वबिद्यालय, सञ्चार क्षेत्र, स्थानीय तथा प्र्रदेश सरकारसँग समन्वय तथा सहकार्य गर्दै परियोजना सफलतापूर्वक सम्पन्न भएको महासंघका अध्यक्ष राजेन्द्र अर्यालले जनाएको छ ।
बिगत एक वषैदेखि सञ्चालित परियोजनाले शुरुदेखि हालसम्म स्थानीय १ सय ९० जना नागरिक वैज्ञानिक एवं स्रोत व्यक्तिको क्षमता अभिबृद्धि तथा परिचालन गरि चार वर्ट जलाधारको गुणस्तरीय प्रतिवेदन तयार गर्न तथ्यांक संकलन गरेको महासंघले जनाएको छ । परियोजनाले नागरिक समाजका लागि गाइड बुक तयार गर्न खानेपानी तथा सरसफाइ अधिकार र जिम्मेवारीबारे एक अध्याय मस्यौता तयार गरेको छ । यसैगरी तल्लो कर्णाली र झिमु्रक जलाधार क्षेत्रहरुमा स्वच्छ पानी अनुगमनका लागि समिति समेत पनि बनाएको महासंघले जनाएको छ ।