
काठमाडौं – डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गरिरहेका नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको जुलुसमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
काठमाडौंको वानेश्वरमा प्रदर्शनमा उत्रिएका तरुण दलका कार्यकर्ताको जुलुसमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । तरुण दलले अनशनरत गोविन्द केसीको माग पूरा गर्नुपर्ने भन्दै सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ ।
प्रहरीको व्यवहारले आक्रोशित तरुण दलका युवाले ३ वटा सरकारी गाडीमा तोडफोड गरेका छन् । ग१ज २७६, बा२ज ३७६३ र बा१ग ७२३४ नम्बरको सरकारी गाडीमा तोडफोड गरिएको जनाइएको छ ।