१६ असार २०८३, मंगलबार

यो फीचरले छुटाउनेछ फेसबूक र इन्स्टाग्रामको लत

यो फीचरले छुटाउनेछ फेसबूक र इन्स्टाग्रामको लत

काठमाडौं – धेरै मानिस फेसबूक र इन्स्टाग्राममा लामो समय बिताइरहेका भेटिन्छन् । यसलाई घटाउनका लागि दुवैले एउटा नयाँ टूल लिएर आएका छन् ।

फेसबूकले ‘योर टाइम अन फेसबूक’ नामक टूल ल्याइरहेको छ । इन्स्टाग्राममा चाहिँ ‘योर एक्टिभिटी’ टस्ल आउँदैछ । यी दुवै फीचरले तपाईं एपमा कति समय बिताइरहनुभएको बताउँछ । 

गूगलले पनि यस्तै फीचर अर्को एन्ड्रोइडका लागि घोषणा गरेको छ भने एप्पल पनि आईओएसमा यसको तयारी गर्दैछ । 

नयाँ फीचरबाट प्रयोगकर्तालाई केही फाइदा अवश्य हुन्छ । फेसबूक र इन्स्टाग्रामको सेटिङमा यो अप्सन जोडेर एक्सेस गर्न सकिन्छ । प्रयोगकर्तालाई बार चार्टमार्फत सामाजिक सञ्जालमा कति समय बिताएको भनी जानकारी दिइन्छ । 

त्यसमा हप्ताभरिको रिपोर्ट त पाइन्छ नै, कति घन्टा र मिनेट फेसबूकमा बिताएको भन्ने विवरण समेत आउँछ । इन्स्टाग्राममा पनि त्यस्तै सुविधा छ । 

फीचरमा लिमिट अप्सन पनि दिइएको बताइएको छ । युजरले टाइम लिमिट समेत सेट गर्ने सुविधा छ । त्यसपछि डिभाइस आफैंले लिमिट सकिएको जानकारी दिन्छ । तर लिमिट बढाउने वा हटाउने गरेर फेरि फेसबूक वा इन्स्टा चलाउन
सक्छन् प्रयोगकर्ताले । 

फेसबूक र इन्स्टाग्राममा यो फीचरसँगै नोटिफिकेसन म्युट गर्ने सुविधा पनि हुनेछ । अपडेटपछि प्रयोगकर्ताहरूले फेसबूक र इन्स्टाग्रामका नोटिफिकेसनलाई आठ घन्टासम्म म्युट गर्न सक्छन् । यो अपडेट एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्मका लागि उपलब्ध हुनेछ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्