१६ असार २०८३, मंगलबार

६ वर्षमै अर्बपति यी बालकले गरे वालमार्टसँग ठूलो सम्झौता

६ वर्षमै अर्बपति यी बालकले गरे वालमार्टसँग ठूलो सम्झौता

काठमाडौं – ६ वर्षका एक बालक युट्युबका सेलेब्रिटी बनेर करोडौं रुपैयाँ कमाइरहेका छन् । 

रायन नामक यी बालकले युट्युबमा रायन टोयज रिभ्यु नामक च्यानल चलाउँछन् । 

छिट्टै रायनको नाममा वालमार्ट स्टोरहरूमा खेलौनाहरू पनि देखिन थाल्नेछन् । बच्चाहरूको मिडिया कम्पनी पकेट डट् वाचले हालै अमेरिकी रिटेल कम्पनीसँग रायनका तर्फबाट डील गरेको हो । 

रायन पकेट डट् वाच अन्लाइन प्ल्याटफर्मसँग मिलेर काम गर्छन् । उनका प्रिय खेलौना र कपडा रायन्स वर्ल्ड नामबाट बेचिन्छ । अगस्ट ६ देखि रायन्स वर्ल्डका खेलौनाहरू वालमार्ट स्टोरमा पनि किन्न पाइन्छन् ।

रायनको टोयज् रिभ्यु फर किड्स नामक पेजमा गरिएको फेसबूक पोस्टमा दाबी गरिएअनुसार, रायनले सन् २०१७ मा १.१ करोड डलर कमाए । उनले थप कमाइ गर्ने पोस्टमा लेखिएको छ । 

रायन्स वर्ल्डका सामानहरू अमेरिकामा २५ सयभन्दा बढी वालमार्ट स्टोरका साथसाथै वालमार्ट डट्कममा पनि बेचिनेछन् । 

रायनका ६ वटा युट्युब च्यानल छन् र ती बच्चाहरूमाझ लोकप्रिय छन् । खेलौनाहरूसँग मस्ती गर्ने उनको भिडियो महिना एक अर्बभन्दा बढीपटक हेरिएको छ ।

युट्युबमा पोस्ट गरिने भिडियोहरूमा रायनको परिवार पनि देखिन्छन् । रायनको थर अहिलेसम्म गोप्य राखिएको छ । रायनको परिवारका सदस्यहरू चिनियाँ मूलका जस्ता देखिन्छन् । उनीहरू सबैलाई सुरक्षित र अज्ञात राख्नका लागि यसो
गरिएको बताइएको छ । 

रायन वर्ल्ड ब्यानरअन्तर्गत बेचिने उत्पादनमा चारपटा डिजाइनका टीशर्ट पनि हुनेछन् । तीमध्ये केहीमा रायनले मन पराउने पिज्जाका डिजाइन पनि हुनेछन् । 

अन्लाइन भिडियो स्टारहरू खेलौना, कपडा र अन्य घरेलु उत्पादनमार्फत आफ्नो पहुँच बढाइरहेका हुन्छन्

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्