१२ असार २०८३, शुक्रबार

भोजीपुर भाषाको मौलिकता जोगाउने प्रयाय, अश्लील गीत बजाउन नपाइने

भोजीपुर भाषाको मौलिकता जोगाउने प्रयाय, अश्लील गीत बजाउन नपाइने

वीरगञ्ज– भोजपुरी भाषाको मौलिकता जोगाउने अभियानमा पोखरियावासी लागेका छन् । 

पछिल्ला दिन मिठासपूर्ण तथा कर्णप्रिय भोजपुरी भाषामा अश्लीलता हावी हँुदै गएपछि उनीहरु यस्तो अभियानमा लागेका हुन् । 

भोजपुरी भाषामा अश्लील गीत बन्नु, डिजेबाट चर्को स्वरमा बजाइनु, मोबाइल पसलहरुमा जथाभावी रुपमा अश्लील गीत डाउनलोड गरिनु जस्ता कारण विकृति मौलाएको गुणासो पोखरियावासीको छ । 

यस्ता विकृतिलाई रोक्न पोखरिया नगरपालिकाले अश्लील भोजपुरी गीत बजाउन प्रतिबन्ध लगाएको छ । 

नगरपालिकाको बोर्ड बैठकले अश्लील भोजपुरी गीत बजाउनेलाई शुरुमा सम्झाउने, बुझाउने र यसो गर्दा पनि नमानेमा जरिवाना गर्ने निर्णय गरेको छ । 

पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुनले भने, “समाजमा नकारात्मक प्रभाव पर्न थालेकाले अश्लील भोजपुरी गीत ठूलो स्वरमा बजाउन प्रतिबन्ध गरिएको छ ।” जबर्जस्ती यस्ता अश्लील गीत बजाउनेलाई दण्ड जरिवाना गर्ने निर्णयसमेत भएको उनले बताए । 

पोखरिया नगरपालिकाको यो निर्णयको सराहना गर्दै पोखरियावासीले यसले भोजपुरी भाषाको मौलिकता जोगाउन बल पुग्ने विश्वास व्यक्त गरेको छ । 

नगरपालिकाको यस निर्णयको स्वागत गदै वडा नं ४ का कन्हैया साह तथा वडा नं ९ का परमानन्दप्रसाद चौहान एकै स्वरमा भन्छन् – शहर बजारमा रहेको मोबाइल पसलमा यस्ता अश्लील भोजपुरी गीत डाउनलोड गर्नेहरुको भीडै लागेको हुन्छ । यसबाट विद्यालय जाने बालबालिकासमेत उच्छृङ्खल बनिसक्यो । 

प्रायः भोजपुरी चलचित्रमा हुने अश्लील गीतहरु परिवारसँगै बसेर हेर्न पनि लाज हुने उनीहरु बताउँछन् । 

पोखरिया नगरपालिकाभित्र करिब ४० हजार भोजपुरी भाषाभाषी रहेको अनुमान छ । 

salt training

कमेन्ट गर्नुहोस्