२४ असार २०८३, बुधबार

भारतका गृहमन्त्री सिंह र मुख्यमन्त्री योगी जन्ती बनेर जनकपुर आउँदै

कात्तिक २७, २०७५
भारतका गृहमन्त्री सिंह र मुख्यमन्त्री योगी जन्ती बनेर जनकपुर आउँदै

जनकपुरधाम – भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आउने भएका छन् ।

मंसिर २६ गते रामजानकी विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर गृहमन्त्री सिंह र मुख्यमन्त्री योगी आदित्यनाथ आउने सुनिश्चित भएको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णवले बताए ।

‘यस वर्षको विवाहपञ्चमी महोत्सवमा भारत सरकारको तर्फबाट गृहमन्त्री सिंह र मुख्यमन्त्री योगी आदित्यनाथ भारतको अयोध्याबाट जन्ती बनेर आउँदै हुनुहुन्छ,’ महन्थ वैष्णवले लोकान्तरसँग भने । 

दिपावलीका दिन अयोध्या पुगेर मुख्यमन्त्री आदित्यनाथले नै जनकपुरमा विवाहपञ्चमी महोत्सवका दिन जन्ती बनेर जनकपुरधाम जाने भनेर घोषणा गर्नुभएको थियो,’ वैष्णवले भने, ‘उहाँसँगै गृहमन्त्री सिंह पनि आउने छन् । त्यसको जानकारी भारतीय राजदूतावासमार्फत् समेत मलाई गराइसकिएको छ ।’

विगतमा भारतको अयोध्याबाट साधुसन्त मात्र जन्ती बनेर आउने गरेका थिए । यसपालि भारत सरकारकै मन्त्री उपस्थित हुने हुँदा जनकपुरमा पनि मुख्यमन्त्री लालबाबु राउतद्वारा स्वागत गरिने तयारी भइरहेको महन्थ वैष्णवले बताए ।

salt training

कमेन्ट गर्नुहोस्