×

NMB BANK
NIC ASIA

नेपाल–भारत बोर्डर खुला छ, मन पनि खुला हुनुपर्छ : प्रस्तावित राजदूत आचार्य

मंसिर २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

मैले राजदूत हुन नै किन स्वीकारें, किन तयार भएँ ? 

Muktinath Bank

मलाइ के लाग्छ भने अहिले नेपाल–भारत सम्बन्ध यस्तो चरणमा छ, जतिबेला अलिकति पाको मान्छे राजदूत भएर जानुपर्छ कि भन्ने लाग्छ । मलाई के लाग्छ भने राजनीतिक पृष्ठभूमि बलियो भएकै मानिस जानुपर्छ । किन भन्दाखेरी हाम्रा पुराना जेजस्ता सम्बन्ध छन्, त्यसले जगको काम गरेकै छ । तर पुरानै किसिमले काम हुन्छ भन्ने हुँदैन । हिजोसम्म भारतसँग केकस्तो सम्बन्ध थियो, त्यस्तै किसिमले अहिले पनि चल्छ भन्ने हुँदैन । अहिले नयाँ स्तरको र व्यापकतामा आधारित सम्बन्ध हुन्छ किनभने नेपालको विकास र अन्य देशको विकास सँगसँगै हुने हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले एउटा मानसिकतामा परिवर्तन गर्न जरूरी छ । २१ औं शताब्दीमा आएर नेपालको डे टू डे एक्टिभिटीमा भारतले सल्लाह दिन मिल्दैन । हिजो देशमा प्रजातन्त्र ल्याउन भारतले सहयोग गरेको हो तर अहिले हिजोको स्थितिबाट परिवर्तन आएको छ । हिजो म सल्यान जाँदा भारततिरबाट नेपालगञ्ज जान्थें, आज आफ्नै देशको बाटोबाट जान्छु । हिजो नेपालको सम्बन्ध जम्मा चार देशसँग थियो, आज १ सय ६० देशसँग छ । त्यसकारण आजको मानसिकताबाट हेर्नुपर्छ हाम्रो सम्बन्धलाई । त्यसलाई थप विकसित गर्नुपर्छ । व्यापक विस्तारका सम्भावना छन् । 


Advertisment
Nabil box
Kumari

चीनसँगको सम्बन्धले भारतसँगको सम्बन्ध कटौती हुने होइन । यो जिरो सम गेम होइन । अर्थात् एउटासँग सम्बन्ध बढायो भने अर्कोको कटौती हुने कुरै हैन यो । त्यसैले एउटा राजनीतिक एप्रोच, अलिकति एक्सेसिब्लिटी अहिले आवश्यक छ । राजदूत भनेको संवादकर्ता नै हो । कुराकानी भनेको शब्द, व्यवहार, बोली र व्यक्तित्वले निर्धारण गर्छ । त्यसैले हिजोको मानसिकतालाई समाप्त पारेर विश्वास आर्जन गर्नुपर्ने र २१ औं शताब्दीको उचाइबाट हाम्रो सम्बन्धलाई हेर्नुपर्ने अहिलेको आवश्यकता छ । 

Vianet communication
Laxmi Bank

नेपाल–भारत सम्बन्ध नेपालको समृद्धि निर्माणको निम्ति, नेपाली जनताको जीवनस्तर माथि उठाउनको निम्ति अत्यन्त जरूरी छ । यो हाम्रो समृद्धि निर्माणको अंग नै हो । हामीले आर्थिक विकास गर्नुछ भने भारतसँगको सम्बन्ध राम्रो हुनुपर्छ, शंकारहित हुनुपर्छ । आर्थिक सम्बन्ध, व्यापारिक सम्बन्ध तथा हरेक क्षेत्रमा सम्बन्ध कायम हुनुपर्दछ । 

अन्य देशसँगको सम्बन्धले भारतलाई कटौती गरियो कि ? उता ढल्किइयो  कि ? उता गइयो कि ? यो आशंकालाई चिर्नुपर्ने प्राथमिकता देखेको छु । अन्य कुरा त आउँछन् नै । हाम्रा भौतिक र आर्थिक सहायताका कुरा आउँछन् । आशंकालाई चिर्न सक्यौं भने बाटो खुल्छ । यसमा म प्रयास गर्छु ।

राजदूतले कुन कुरालाई प्राथमिकताका साथ उठाउने हो थाहा पाइराख्नुपर्छ । मनपरी गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न दिनुहुँदैन भन्ने लाग्छ किनभने परराष्ट्र मन्त्रालयको प्राथमिकता हुन्छन् । इस्यु त धेरै हुन्छन् । कुन कुरा कुन समयमा उठाउने भन्ने कुरा त राजनीतिक सम्बन्ध र निर्णयबाट पनि अगाडि बढ्ने हो किनभने परराष्ट्र मन्त्रालयभित्रको एउटा अंग राजदूतावास भनेको । 

अहिले मैले देखेको विश्वास निर्माण र मानसिकता परिवर्तन नै हो । अनि केही थाती रहेका कुरालाई उठाउनुपर्नेछ । ती थाती रहेका कुरा भनेको मानिसको सम्बन्ध हो । सीमामा नागरिकले दुःख पाउनु हुँदैन । हाम्रो सीमामा अनेकौं विवाद छन् । ती कुरालाई कसरी समाधान गर्ने ? समाधान गर्नैपर्नेछ किनभने सीमा विवाद टुंगिसकेको छैन । फिक्स्ड बाउन्ड्री सिस्टममा जाँदा भारततिरको केही जमीन नेपालले उपयोग गरेको र नेपालको जमीन भारतले उपयोग गरेको पनि देखिन्छ । यसलाई तुरुन्त सम्बोधन गर्नुपर्नेछ । 

केही हामीले सहमति गरिसकेका आयोजना किन कार्यान्वयनमा परेका छैनन् ? किन यसमा ध्यान गइरहेको छैन ? यो प्राथमिकतामा पर्नु आवश्यक छ ।

मूल कुरा – जुन आशंका छ त्यसका पछाडि मलाई लागेको कारण भनेको हाम्रो बोर्डर त खुला छ तर मन खुला छैन । खुलस्तसँग हामीले कुरा राख्नुपर्छ । चीनसँग सम्बन्ध हुन्छ भनेर हच्किनुभएन । अन्य मुलुकसँग सम्बन्ध हुनसक्छ त्यो भारतको मूल्यमा हुने होइन । रेलको कुरा छ । भारतबाट पनि रेल ल्याऊँ, चीनबाट पनि ल्याऊँ । सम्बन्ध अझ विस्तार गरौं । त्यसैले हामीले खुलस्त भएर कुरा गर्नुपर्छ । एक मित्रसँग पनि हामीले खुला रूपमा अनि शिष्ट रूपमा मर्यादित भएर कुरा राख्न सक्दैनौं भने विश्वास निर्माण हुँदैन । विश्वास निर्माणका लागि वचन पूरा गर्नुपर्‍यो । हामीहरू सम्झौता गर्छौं तर वर्र्षांैसम्म त्यसको कार्यान्वयन हुँदैन । अब त्यो स्थिति रहन्न भनेर भारतलाई कन्भिन्स गर्ने आवश्यकता महसूस भएको छ ।

भारतमा रहेका नेपालीका समस्यालाई समाधान गर्नुपर्छ । त्यस्तै, सीमावर्ती क्षेत्रमा मानिसको समस्याको समाधान गर्नुपर्छ किनभने दुई देशको अप्ठेरोको पहिलो अनूभूति लिने तिनै मानिसले हो । डुबानको समस्यामा केही प्रगति त भएको छ । 

मलाई थाहा छ, भारतसँग सम्बन्ध सुधार्न चाहिँ कठोर मेहनत गर्नुपर्नेछ । त्यो दौडने अनि कुश्ती खेल्ने मेहनत होइन । बौद्धिक मेहनत, कूटनीतिक कौशल र विश्लेषण पनि चाहिन्छ ।

मेरो योग्यता बारेको कुरा गर्दा म राजदूत फगत जागिर खानको निम्ति हुन खोजेको होइन । साँच्चै भनौं भने म दार्शनिक चिन्तनमा जाऊँ, आध्यात्मिक चिन्तनमा जाऊँ र नेपालीबारे राखेको कुरा लेखौं भन्ने मनस्थितिमा थिएँ । ईपीजीको काम पूरा भएपछि जिम्मेवारी लिन्न भनेको हो । अनि यो जिम्मेवारी लिने कुरा चुनौतीपूर्ण छ । यसको गम्भीरतालाई मैले बुझेको छु । त्यसैकारणले पनि शायद केही गर्न सक्छु कि भनेर चुनौती स्वीकारें । 

उमेरले असर त पार्छ नै । म ७५ वर्ष नाघिसकें । तर मेरो भूमिकालाई उमेरले मात्र होइन, समग्रतामा हेर्नुपर्ला । अहिले चुनौतीपूर्ण समय छ । नयाँ मोडमा छ नेपाल–भारत सम्बन्ध । एकदम घनिष्ठता बढाउनुपर्नेछ । दुई सार्वभौम देशका बीचमा अन्तर्राष्ट्रिय सम्बन्ध जस्तो हुनुपर्ने हो, त्यो गर्नुपर्नेछ । दुईवटा कुरालाई सन्तुलन गर्नुपर्नेछ । 

हामी नजिकका हौं भन्ने भावना पनि राख्नुपर्नेछ । हामी दुई समान देश हौं । समान सम्मान हुनुपर्छ, सार्वभौमिकताको सम्मान हुनुपर्छ भन्नेलाई पनि राख्नुपर्नेछ । यी दुईवटा कुरालाई सन्तुलन गर्न सक्छु कि भनेर तयार भएको हुँ । 

मलाई थाहा छ, भारतसँग सम्बन्ध सुधार्न चाहिँ कठोर मेहनत गर्नुपर्नेछ । त्यो दौडने अनि कुश्ती खेल्ने मेहनत होइन । बौद्धिक मेहनत, कूटनीतिक कौशल र विश्लेषण पनि चाहिन्छ । हाम्रा यति व्यापक अनगन्ती सम्बन्धहरूलाई राम्रो पार्ने एउटै सूत्र भनेको हामीमा रहेका आशंका समाप्त पारेर विश्वासको वातावरण सिर्जना गर्नुपर्छ । हामीमा यति घनिष्ठता छ भने मन किन घनिष्ठ हुँदैन ? खुलस्त कुराकानी किन हुँदैन ? कैयौं कुरा आपसमा खुलस्त भएर बाहिर नभन्ने पनि हुने होला । बाहिर खुलस्त  छ भन्दिन्छौं तर भित्र कुरा गर्न सक्दैनौं । यो स्थितिलाई पनि समाप्त पार्नुपर्छ ।

अर्को कुरा, म सीधै भन्छु । हाम्रा सामाजिक सम्बन्ध छन्, नातागोता छन् । यी नातागोता व्यक्तिगत तथा पारिवारिक हुन् । देश देशका रूपमा न हामी बाबु छोरा हौं, न दाजु भाइ नै । देश देशका बीचमा हामी समान छौं भनेर त्यही ढंगले अगाडि बढ्नुपर्छ । छिमेकीको दृष्टि हामीले फेर्न सक्नुपर्छ, मानसिकता हाम्रो अनुकूल बनाउन सक्नुपर्छ । र यो हाम्रो समृद्धि निर्माणका लागि जरूरी छ । त्यसको लागि म प्रयास गर्नेछु, हाम्रो राजनीतिक नेतृत्वसँग निकट सम्पर्कमा रहेर । 

मूलतः  राजदूत सरकारको प्रतिनिधि हो । नागरिक, बौद्धिक क्षेत्र, सास्ंकृतिक क्षेत्रको भावनालाई पनि के कति सुधार गर्न सकिन्छ भनेर म सम्बन्ध बढाउन काम गर्नेछु । अहिले बनाउनुपर्ने विश्वासको वातावरण निर्माण गरेर खुलस्त सम्बन्धका लागि संवादको पहुँच बढाउनु जरूरी छ । संवाद बढाउन राजनीतिक तहमा विश्वासको वातावरण निर्माणमा मेरो जोड हुनेछ ।

ईपीजीको प्रतिवेदन 

ईपीजीको प्रतिवेदन पहिले भारतका प्रमलाई बुझाउने सहमति भएको हो । प्रतिवेदन सार्वजनिक भएको भए धेरै कुरा प्रस्ट हुन्थ्यो । त्यो सार्वजनिक नहुँदा अन्योल र अनुमानको आधारमा कुरा भए । 

नेपालको कुरा गर्ने हो भने ईपीजीले तराईमा पनि अन्तर्क्रिया गरेको हो । सबै राजनीतिक दलका नेता र तिनका प्रतिनिधिसँग पटकपटक कुरा भएको छ । प्रमुख नेतासँग मैले कुरा गरेको छु । कुनै मानिसले ईपीजीले कोठमा बसेर गफ मात्र गर्‍यो भन्यो भन्दैमा त्यसैलाई भारतीय सरकारको भनाइ भनेर लिनु जरूरी छैन ।

सार्कको कुरा गर्नुस् न, बैठक भएन भन्दैमा सार्क नै काम नलाग्ने भयो भनेर निष्कर्षमा पुग्न त भएन नि । हाम्रो प्रतिवेदन तयार भएको ४/५ महिना भयो । यो समयमा नबुझ्दैमा अब काम नलाग्ने भयो भनेर बुझ्नुहुँदैन किनभने सम्बन्ध अगाडि बढाउनु पर्नेछ । केही कारण परे होलान्, कतिपय गाँठा फुकाउनु पर्ने होला । 

ईपीजी प्रतिवेदन आइसकेपछि धेरै कुरा सजिलो हुन्छ र एउटा बाटो लिन्छ । कसरी कार्यान्वयन गर्ने भन्ने त सरकारको कुरा हो । 

ईपीजीको प्रतिवेदन आठजना सदस्यको साझा प्रतिवेदन हो, न कि नेपाल र भारतका बुद्धिजीवीको मात्र । त्यसमा नेपालको राष्ट्रिय हित र भारतको हितको पनि सामन्जस्य खोजिएको छ । मित्रतालाई कसरी अगाडि बढाउने भन्ने कुरा खोजिएको छ । 

राजदूतले भारतसँगको सम्बन्ध विस्तारलाई मात्र दृष्टिगत गर्दैन । अन्य देशसँग बढेको सम्बन्ध जो छ त्यो भारतको हितविपरीत होइन । अन्य देशसँग सम्बन्ध बढ्दा भारतसँगको सम्बन्ध पनि अघि बढ्छ । बाह्य सम्बन्ध बढ्दा द्विपक्षीय सम्बन्ध पनि बढ्छ भन्ने कुरामा कन्भिन्स गर्नुपर्नेछ । 

सीमाक्षेत्रमा रहेका विवाद सल्टाउनुपर्ने स्थिति छ । जति विवादका विषयलाई सल्टाउँदै जान्छौं, त्यति विश्वास निर्माणमा सजिलो पर्नेछ । ईपीजी प्रतिवेदन आइसकेपछि धेरै कुरा सजिलो हुन्छ र एउटा बाटो लिन्छ । कसरी कार्यान्वयन गर्ने भन्ने त सरकारको कुरा हो । 

ईपीजीले समस्याहरूलाई औंल्याएको छ र समस्या समाधानको निकास निकालेको छ । हामीहरू हिजोको दृष्टि र सम्बन्धका आधारमा मात्र सम्बन्ध अगाडि बढाउन सक्दैनौं । नयाँ आयाम, नयाँ खोजी र नयाँ सिद्धान्त २१औं शताब्दी अनुकुल हुन्छ । त्यसलाई अंगीकार गर्नैपर्नेछ । 

(भारतका लागि प्रस्तावित राजदूत नीलाम्बर आचार्यले संसदीय सुनुवाइ विशेष समितिमा सांसदहरूले सोधेका प्रश्नमा दिएको जवाफको सम्पादित अंश) 

पढ्नुहोस्, यो पनि :

ईपीजी प्रतिवेदनबारे भारतीय विदेशमन्त्रीलाई गलत ब्रिफिङ भएछ : परराष्ट्र मन्त्री ज्ञवाली [अन्तर्वार्ता]

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x