×

NMB BANK
Dabur

जंगलमा ध्यान गरिरहेका बौद्ध भिक्षुलाई मार्‍यो चितुवाले

माघ ७, २०७७

NTC
Sarbottam
Premier Steels

काठमाडौं — भारतको महाराष्ट्रमा रहेको चन्द्रपुर जिल्लामा रामदेगी वन छ । त्यसको एक रुखमुनि बसेर ध्यान गरिरहेका ३५ वर्षीय बौद्ध भिक्षुलाई मंगलवार चितुवाले मारिदिएको छ ।

एक अधिकारीले बुधवार यसको जानकारी दिएका हुन् । नागपुरबाट १५० किलोमिटर पर रहेको चन्द्रपुरमा चितुवाको आक्रमणमा मारिएका भिक्षु राहुल वाल्के हुन् । 

अधिकारीहरूका अनुसार, मृतक भिक्षु विगत एक महिनादेखि त्यहाँ ध्यान गरिरहेका थिए । 

तदोबा अन्धारी बाघ संरक्षित क्षेत्रका उपनिर्देशक गजेन्द्र नरवानेले भने, ‘यो घटना मंगलवार बिहान दश बजेतिर भएको हो । त्यतिखेर भिक्षु ध्यानस्थ थिए ।’

जंगलमा एक ऐतिहासिक बौद्ध मन्दिर छ र घटना भएको रुख त्यसनजिकै छ । 

विगत एक महिनादेखि भोजन लिनका लागि वाल्केसँग दुई बौद्ध भिक्षु जाने गरेको नरवानेले बताए । जंगली पशुका बारेमा भिक्षुलाई चेतावनी दिइएको उनको भनाइ छ । 

वाल्केको शव घटनास्थलबाट बरामद गरिएको छ । यसै इलाकाको एक बाघ ५१० किलोमिटर हिँडेर महाराष्ट्रबाट मध्य प्रदेश पुगेको थियो र दुई किसानको ज्यान लिएको थियो । 

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
SBL
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

माघ २३, २०७५

काठमाडौं — महात्मा गान्धीको पुतलामा गोली हानेकोमा अखिल भारत हिन्दू महासभाका राष्ट्रिय सचिव पूजा शकुन पाण्डेय र उनका पति अशोक पाण्डेयलाई पक्राउ गरिएको छ ।  प्रहरीले उनीहरूलाई दिल्लीबाट नोइडा प्रव...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

कहाँ चुक्यौँ हामी ?

कहाँ चुक्यौँ हामी ?

फागुन १९, २०८०

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउटै छ, जीवन प्रणाली एउटै छ । मांसपेशी प्रणाली एउटै छ ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

x