०६ असार २०८३, शनिबार

सीएमसीलाई काममा फर्किन दिएको समयसीमा सकियो, अन्योलमा मेलम्ची आयोजना

माघ २०, २०७५
सीएमसीलाई काममा फर्किन दिएको समयसीमा सकियो, अन्योलमा मेलम्ची आयोजना

काठमाडौं –मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का पाएको इटालियन ठेकेदार कम्पनी सीएमसी काममा नफर्किने निश्चितजस्तै भएको छ । 

दुई साताको समय सीमा दिएर गत ६ माघमा सरकारले सीएमसीका नाममा पत्र पठाएको थियो । तर दुई बितिसक्दा पनि सीएमसीले हालसम्म कुनै जवाफ नदिएको मन्त्राल स्रोतले जानकारी दिएको छ ।

यस विषयमा बुझ्न मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कंडेललाई पटक–पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

त्यस्तै सञ्चार माध्यमलाई सूचना उपलब्ध गराउनकै लागि आयोजनाका प्रवक्ता तोकिएका राजेन्द्रप्रसाद पन्तलाई पनि पटक–पटक फोन गर्दा उनीसँग पनि सम्पर्क हुन सकेन ।

खानेपानी तथा सरसफाई मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सुवेदी भने सीएमसी कम्पनीका बारेमा आफूलाई केही पनि थाहा नभएको बताउँछन् ।

आफू विगत दुई–तीनदेखि काठमाडौं बाहिर रहेको र सीएमसीका बारेमा आफू कुनै पनि अपडेट नरहेकाले आफूलाई कुनै पनि जानकारी नरहेको बताए । 

‘बाहिर जिल्लामा छु,’ सुवेदीले लोकान्तरसँग भने, ‘यस बारेमा मलाई केही थाहा छैन । यसबारे म अपडेट छैन ।’

यसअघि मेलम्चीको पानी काठमाडौं आइपुग्न केही काम मात्रै बाँकी रहेको भनिएका बेला काम छाडेर सीएमसीका प्रतिनिधि नेपालबाट भाग्न खोजेका थिए ।

मेलम्ची खानेपानी योजना र खानेपानी मन्त्रालयको सहयोगमा नेपाल प्रहरीले सीएमसीका प्रतिनिधिलाई पक्राउ गरी खानेपानी मन्त्रालयको जिम्मा लाएको थियो । त्यसपछि नयाँ वर्ष २०१९ को पूर्वसन्ध्यामा नयाँ वर्ष मनाउनका लागि इटाली जाने र नयाँ वर्ष मनाएर  मेलम्चीको कामलाई निरन्तरता दिने गरी चाँडै फर्कने भन्दै इटाली गएको थियो । तर नेपाल सरकारले पटक–पटक पत्र पठाउँदा पनि सीएमसिले कुनै जवाफ दिएको छैन ।

गत ६ माघमा पठाएको पत्र अनुसार सीएमसी फर्केर नआएमा ऊसँगको ठेक्का रद्द गरेको पत्र पठाउने र सीएमसीसँगको ठेक्का रद्द गर्ने जानकारी मन्त्रालयले यसअघि नै गराएको थियो ।

नयाँ ठेक्का प्रक्रियाका लागि बढी समय लाग्ने र निर्माणका लागि नेपाली सेनलााई दिँदा दातृ निकायले नमान्ने भएका कारण मेलम्ची आयोजना अन्योलमा परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्