०७ साउन २०८३, बिहीबार

माल्दिभ्सका प्रभावशाली नेता अब्दुल्ला यमिनलाई पक्राउ गर्न आदेश

फागुन ६, २०७५
माल्दिभ्सका प्रभावशाली नेता अब्दुल्ला यमिनलाई पक्राउ गर्न आदेश
माले– माल्दिभ्सका पूर्वराष्ट्रपति तथा प्रभावशाली नेता अब्दुल्ला यमिनलाई सोमबार पक्राउ गर्न आदेश दिइएको छ । 
 
सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा उनलाई थप अनुसन्धान गर्नु परेकाले पक्राउ गर्न आदेश दिइएको अधिकारीहरुले जनाएका छन् । माल्दिभ्सको एउटा अदालतले गरेको प्रारम्भीक सुुनुवाइमा नै उनले सम्पत्ति शुद्धिकरण गरेको देखिएकाले पक्राउ गर्न आदेश दिएको समाचारमा उल्लेख छ । 
 
उनले आफू राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिनुअघि दश लाख ५० हजार डलर सम्पत्ति शुद्धिकरण गरेको अभियोग लगाइएको छ । उ
राजधानी नजिकै रहेको धुनिधु कारागारमा उनलाई राख्न सकिने पनि अधिकारीहरुले जानकारी दिएका छन् । 

कमेन्ट गर्नुहोस्