१९ असार २०८३, शुक्रबार

बसन्त विश्वकर्मा र प्रिती आलेको ‘कुखुराको भाले’ गीत सार्वजनिक [भिडियोसहित]

फागुन २४, २०७५
बसन्त विश्वकर्मा र प्रिती आलेको ‘कुखुराको भाले’ गीत सार्वजनिक [भिडियोसहित]

काठमाडौं- संगीतको क्षेत्रमा संघर्षरत मध्येको एउटा नाम हो, बसन्त विश्वकर्मा ।

आधा दर्जन बढी गीत बजारमा ल्याईसकेका बसन्त नयाँ गीतका साथ स्रोता तथा दर्शकमाझ आएका छन् । बसन्तको शब्द, संगीत र स्वरमा ‘कुखुराको भाले’बोलको रोईला गीत बजारमा आएको हो । आशिष अविरलको म्यूजिक एरेञ्ज रहेको गीतमा बसन्तका साथमा प्रिती आले, राजु ढकाल र कला लम्सालको स्वर समावेश गरिएको छ । गीतको भिडियोमा पनि बसन्त, प्रिती, राजुका साथमा सविता आलेलाई देख्न सकिन्छ । भिडियोलाई बसन्त स्वयंमले नै निर्देशन गरेका हुन् ।

बसन्तले गीतमा तनहुँका कलाकारहरुसंग सहकार्य गरेका हुन् । ‘प्रिती आले, राजु ढकाल, कला लम्साल, सविता आले तनहुँकै हुनुहुन्छ’ बसन्त भन्छन् –‘आफ्नै जिल्लाका अग्रह कलाकारहरुसंग सहकार्य गर्न पाउँदा पनि खुसी छु ।’ 
२४ मिनेट लामो गीतलाई बसन्त सन्देशमूलक पनि भन्छन् । 

‘जातिय भेदभाव, गरिबीको पीडा, सपना पूरा गर्न गर्ने संघर्ष आदीलाई रमाइलो तरिकाले उठाएका छौं’ बसन्तले भने, – ‘भिडियोमा रमाईलो, सेन्टिमेन्टल सबै समावेश छ ।’

करण चैसिरको छायाँकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।
हेर्नुहोस् गीतको भिडियोः
 

salt training

कमेन्ट गर्नुहोस्