०९ असार २०८३, मंगलबार

जापानमा ५.२ म्याग्नीच्युडको भूकम्प

फागुन २९, २०७५
जापानमा ५.२ म्याग्नीच्युडको भूकम्प

टोकियो- जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा ५.२ म्याग्नीच्युडको भूकम्प आएको मौसम सम्बन्धी निकायले बुधवार जानकारी दिएको छ । 

स्थानीय समयअनुसार बुधवार १ः५३ बजे अपराह्नमा सो भूकम्प आएको सो निकायले जानकारी दिएको थियो । यस भूकम्पपछि सुनामीको सुचना भने जारी नगरिएको सम्बन्धित अधिकारीहरूले जानकारी दिएका छन् । 

वाकायामा प्रान्तको सात ओटा क्षेत्रमा यस भूकम्पको कम्पन बढी महसूस गरिएको समाचारमा जनाइएको छ । 

तोकुशिमानजिकै रहेको क्षेत्र बढी प्रभावित भई आएको यस भूकम्पलाई जापानको भूकम्प मापन क्षेत्रले भने ४ म्याग्नीच्युडको मात्र मापन गरेको जानकारी दिएको छ । 

भूकम्पबाट प्रभावित भएको यस इलाकालाई शिगा, ओसाका इयोगो र नारा प्रान्तले घेरिएको छ । हालसम्म यस भूकम्पछि मानवीय क्षति भएको कुनै समाचार प्राप्त भएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्