०९ असार २०८३, मंगलबार

फेसबुकमा भयङ्कर समस्या, खासमा भएको के हो ?

फागुन ३०, २०७५
फेसबुकमा भयङ्कर समस्या, खासमा भएको के हो ?

काठमाडौं– चर्चित समाजिक सञ्जाल फेसबुकमा भयङ्कर समस्या देखिएको छ ।  फेसबुकका अलवा उसको स्वामित्वमा रहेको  म्यासेन्जर र इन्स्टाग्राममा समेत अवरोधहरु देखिएको छ । 

गएराती करीब १० बजेपछिबाट देखापरेको यो समस्या यो समाचार तयार पर्दासम्म पनि समाधान भएको छैन र यो खराबी फेसबुकले हालसम्म बेहोरेको मध्येकै सबभन्दा खराब रहेको समाचारहरुमा जनाइएको छ । 
समाचारअनुसार फेसबुक खुले पनि त्यसमा सामग्रीहरु अधिकांश प्रकाशित हुन सकेका छैनन्। 

म्यासेन्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर उसको डेस्कटप संस्करणमा भने समस्या देखिएको छ।

‘फेसबुकका विभिन्न एपहरूमा कतिपय मानिसले पहुँच पाउन नसकिरहेको बारे हामीलाई जानकारी छ। हामी ती समस्या छिटै समाधान गर्न प्रयास गरिरहेका छौँ, फेसबुकले एक विज्ञप्तिमार्फत जनाएको छ। यद्यपि के समस्या हो भन्नेचाहिँ खुलाएको छैन । 

अवरोध निगरानी गर्नेहरूका अनुसार फेसबुकमा समस्या विश्वभर नै देखिएको छ।

यो भन्दा पहिले फेसबुकले सन् २००८ मा यस्तो सेवा अवरोध बेहोरेको थियो।
 

salt training

कमेन्ट गर्नुहोस्