०९ असार २०८३, मंगलबार

ब्रेक्जिटका लागि थप समयमा बेलायती सांसदले गरे मतदान

ब्रेक्जिटका लागि थप समयमा बेलायती सांसदले गरे मतदान

काठमाडौं – युरोपेली संघलाई ब्रेक्जिटमा ढिलाइ गर्नका लागि प्रधानमन्त्री टेरिजा मेले आग्रह गर्न बेलायती सांसदहरूले बहुमत दिएका छन् । ढिलाइका पक्षमा ४१३ मत परेको थियो भने विपक्षमा २०२ मत परेको थियो । 

यसको अर्थ हुन्छ, बेलायतले पूर्वयोजनामुताबिक २९ मार्चमा युरोपेली संघको सदस्यता नत्याग्न सक्छ । 

आफ्नो डीलमा अर्को हप्ता सांसदहरूले मत दिएमो ब्रेक्जिटलाई तीन महिनाका लागि सारेर ३० जुनको अन्तिम मितिसम्म पु–याउन सकिने प्रधानमन्त्री मेले बताएकी छन् । 

उनको डीललाई सांसदहरूले फेरि अस्वीकार गरेमा उनले थप लामो ढिलाइ खोज्ने बताएकी छन् तर त्यसभन्दा बढी ढिलाइलाई युरोपेली संघका अन्य २७ सदस्यले सहमति जनाउनुपर्नेछ । 

अधिकांश कन्जर्भेटिभ सांसदहरूले ब्रेक्जिटमा ढिलाइविरुद्ध मत दिएका थिए । तिनमा सातजना मन्त्री समेत समावेश थिए । प्रधानमन्त्री मेले लेबर तथा अन्य विपक्षी दलको मत पाएर ढिलाइको पक्षमा बहुमत ल्याएकी हुन् ।

तर लेबर पार्टीका सक्रिय सांसदहरूले पार्टीको आदेशलाई चुनौती दिँदै अर्को जनमतसंग्रह गर्ने पक्षमा भोट दिएनन् । 

टेरिजा मेले लामो समयदेखि डील भए पनि नभए पनि बेलायत २९ मार्चमा युरोपेली संघबाट बाहिर निस्कने बताउँदै आएकी थिइन् तर अहिले उनले नै ब्रेक्जिटमा ढिलाइका लागि मत दिइन् । 

उनको डीललाई दोस्रोपटक भारी बहुमतले अस्वीकार गरेपछि उनी ब्रेक्जिटमा ढिलाइका लागि बाध्य भएकी हुन् । 

तर तीन महिनाभन्दा बढी समयसम्म ब्रेक्जिटलाई ढिलइ गर्दा लोकतन्त्रमा विश्वास घट्ने चेतावनी दिएकी छन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्