
इजरायल - झापाली समाज इजरायलको तेस्रो अधिवेशन यही मार्च १५ शुक्रवार इजरायलस्थित तेलअभिवमा सम्पन्न भएको छ । सन्दीप भण्डारीको अध्यक्षतामा समिति सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
औपचारिक रुपमा तत्कालीन अध्यक्ष गणेश गौतम 'सागर'को सभापतित्वमा अधिवेशन शुरू भएको थियो । अधिवेशनमा झापाली समाजका उपाध्यक्ष दिपकप्रसाद ओलीको प्रमुख आतिथ्यता थियो भने एनआरएनए इजरायलकी अध्यक्ष शान्ता ज्ञवाली विशेष अतिथिका रूपमा उपस्थिति भएकी थिइन् ।
कार्यक्रममा प्रवासमा रहेका झापालीलाई आफ्नो ठाउँको सम्झना दिलाउन तथा झापा जिल्ला पनि देश विकासमा एक अग्रणी स्थानमा छ भन्ने सन्देश दिनका लागि 'जिल्ला परिचय'को एक वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा तत्कालीन उपाध्यक्ष इन्द्रमणी प्रसाई(निकेश)ले इजरायलमा झापाली समाजको आवश्यकता किन र कसरी पर्यो भन्ने व्याख्या गरेका थिए । उनले संस्थाको परिचय दिँदै भने, 'संस्थाले आगामी दिनमा झापाली समाज अझ धेरै सक्रिय रहेर समाजसेवा गर्नेछ ।'
तत्कालीन उपाध्यक्ष सन्दीप भण्डारीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । भण्डारीले इजरायलमा नेपालीहरूमाझ आइपर्ने समस्या समाधान गर्नका लागि २० लाख भन्दा बढी नेपाली रुपैयाँ खर्च गरेको उल्लेख गरे । उनले संस्थासँग झन्डै साढे छ लाख वचत रहेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय झापाली सामाजका उपाध्यक्ष तथा अधिवेशनका प्रमुख अतिथि दिपक प्रसाद ओलीले अझास स्थापनाको १ वर्ष अवधिमै जिल्ला विकासमा धेरै काम गरेको बताए । उनका अनुसार अन्तर्राष्ट्रिय झापाली समाजले कमल गाउँपालिकामा बाढी पिडितबाट विस्थापित १३ घरपरिवारलाई झन्डै ५० लाख लागतमा बस्ती निर्माण गरिदिएको, झापाको एक मात्र विमानस्थल चन्द्रगढी विमानस्थलको स्तर उन्नतिको लागी सहयोग गरेको, हरेक वर्ष झापामा हुने झापा गोल्डकपमा दोश्रो पुरस्कार प्रायोजक अझासले गर्ने गरेको छ ।
कार्यक्रमको दोश्रो चरणमा समाजका संरक्षक तथा अधिवेशन संयोजक जय ओडारीले समाज स्थापनाकालमा साथीहरुले खेलेको भूमिका स्मरण गर्दै समाज यो ठाउँसम्म आउन सबैको उत्तिकै साथ सहयोग रहेको उल्लेख गरे ।
सन्दिप भण्डारीको अध्यक्षतामा गठन भएको कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष माला योञ्जन तामांङ, उपाध्यक्षहरुमा इन्द्र मणि प्रसाई (निकेश), साबित्रा लुईटेल घिमिरे, नम्रता उप्रेती, महासचिवमा खेमराज जमर कट्टेल, सचिवमा मुना अधिकारी, कोषाध्यक्षमा निर्मला दाहाल पौडेल, सह कोषाध्यक्षमा पवित्रा चापागाई, सदस्यहरुमा पवित्रा बजगाई, प्रज्ञा कार्की, ज्योति प्रधान, कशिस वान्तवाराई, रमा बुढाथोकी, दुर्गा चापागाई, कुमार आङदेम्बे, कुशल शर्मा, बिष्णु उप्रेती, टिकाराम तिम्सिना र देवी खरेल पाण्डे रहेका छन् ।