०५ असार २०८३, शुक्रबार

कांग्रेसले किन अन्य दलसँग गठबन्धन बनाउन सकिरहेको छैन ?

कांग्रेसले किन अन्य दलसँग गठबन्धन बनाउन सकिरहेको छैन ?

काठमाडौं – भारतमा आमनिर्वाचन आउनै लाग्दा विपक्षी कांग्रेस पार्टीले गठबन्धन बनाउन सकिरहेको छैन । कुरा मिल्ला मिल्ला जस्तो भएर पनि बिग्रिरहेको छ । उत्तर प्रदेशदेखि बिहार र बंगालसम्म यही समस्या देखिएको छ । 

बिहारमा राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेस अनि चार साना दलको महागठबन्धनको कुरा निकै उठेको भए पनि सीट बाँडफाँडमा कुरा नमिलेपछि अधुरै रह्यो । 

महागठबन्धन नै दुई टुक्रा हुने आशंका समेत गर्न थालिएको छ । तीनचार दिनयता आरजेडी र कांग्रेसका बयानमा आपसी खिंचातानी देख्न सकिन्छ । 

राज्यका कुल ४० सीटमध्ये २० सीटमा चुनाव लड्ने निश्चय गरेको आरजेडीले कांग्रेसका लागि नौभन्दा बढी सीट छोड्न तयार छैन । उता प्रदेश कांग्रेसका ठूला नेता चाहिँ ११ भन्दा एक सीट कम स्वीकार गर्न तयार छैनन् । यसले गर्दा आरजेडी समस्यामा परेको छ । 

कांग्रेसको जिद्दी देखेर आरजेडी अध्यक्ष लालू यादव निकै चिढिएका छन् र उनले कांग्रेसका लागि आठ सीटभन्दा बढी नछुट्ट्याउनू भनी तेजस्वी यादवलाई सन्देश पठाएका छन् । 

लालू अहिले राँची कारागारको एक अस्पतालमा उपचार गराइरहेका छन् । 

उनको अनुपस्थितिमा पार्टी नेतृत्व सम्हालिरहेका तेजस्वी यादवले एक ट्वीट गरेर इशारामै कांग्रेस अहंकारी भएको लेखेपछि कांग्रेस नेतृत्वको चित्त दुखेको छ । 

तेजस्वीले लखनउ गएर मायावती र अखिलेश यादवसँग आत्मीय भेटघाट गरेपछि कांग्रेस सतर्क भएको थियो । 

कांग्रेससँगको गठबन्धन उपयोगी भए पनि आरजेडी आफ्नो जनाधारसँग जोडिएको शक्तिलाई कमजोर बनाउने कुनै सम्झौता गर्न चाहँदैन ।

केही महिनाअघि तीन प्रदेशमा चुनावी जीत, पटनामा –यालीको सफल आयोजन र प्रियंका गान्धीको दलगत सक्रियताबाट उत्साहित कांग्रेसले बिहारमा महागठबन्धनमा आफ्नो हैसियत बढाउनमा जोड दिइरहेको छ । यो अस्वाभाविक छैन ।  

महागठबन्धनका चार साना घटकहरू उपेन्द्र कुशवाहा, जीतनराम मांझी, शरद यादव र मुकेश सहनीले यसैबीच आआफ्ना दललाई पर्याप्त सीट दिलाउनका लागि दबाब बढाएका छन् । 

पूर्व मुख्यमन्त्री जीतनराम मांझीलाई कम्तीमा तीन सीट चाहिएको छ र पूर्व केन्द्रीय मन्त्री उपेन्द्र कुशवाहा पाँच सीट मागिरहेका छन् । 

सम्बन्धित घटकहरूले जिद्दी गरिरहँदा महागठबन्धन टुट्यो भने जीतनराम मांझी र मुकेश सहनी आरजेडीतिर र उपेन्द्र कुशवाहा कांग्रेसतिर गठबन्धन बनाउनका लागि ढल्किने चर्चा पनि हुन थालेका छन् । 

यस्तो भयो भने चाहिँ भाजपा, जेडीयू र एलजेपीको जीतको बाटो सहज हुने मौका उपलब्ध भएको मानिनेछ । 

तर यसले गर्ने हानिलाई बुझेर महागठबन्धनका सबै घटक अन्ततोगत्वा जोडिन बाध्य हुनेछन् । 

गठबन्धन टुट्न लागेको अवस्थामा सम्बन्धित सबै पक्षको दृष्टिकोण नरम हुँदै गएको छ । 

महागठबन्धनका सबै ६ घटक दलले एक वा दुई सीट कम लिएर वाम दलहरूका लागि ६ वटा जति सीट छुट्ट्याएमा वाम दलहरू पनि गठबन्धनमा जोडिनेछन् र यो असरदार महागठबन्धन बन्नेछ ।

बीबीसी हिन्दीमा प्रकाशित मणिकान्त ठाकुरको टिप्पणी

salt training

कमेन्ट गर्नुहोस्