०६ असार २०८३, शनिबार

३० वर्षदेखि सत्तामा रहेका कजाखास्तानका राष्ट्रपतिले दिए राजीनामा

३० वर्षदेखि सत्तामा रहेका कजाखास्तानका राष्ट्रपतिले दिए राजीनामा

काठमाडौं – कजाखास्तानका राष्ट्रपति नूरसुल्तान नजरबायेभले मंगलवार राजीनामाको घोषणा गरेका छन् । 

उनी विगत ३० वर्षदेखि सत्तामा थिए । सोभियत संघ विघटनपछि मध्य एसियाली मुलुकका यी दिग्गज नेताले कजाखास्तानमा शासन गरेका हुन् । 

राष्ट्रपति चुनाव घोषणा हुनुभन्दा एक वर्षअघि उनको राजीनामा आएको हो । कजाखास्तानमा जीवनस्तरमा निरन्तर गिरावट आएपछि जनताहरू निकै आक्रोशित छन् । 

राष्ट्रलाई सम्बोधन गर्दै नजरबायेभले पदबाट राजीनामा दिने निर्णय लिएको बताए ।

तर उनले देशको शक्तिशाली सुरक्षा परिषद्का अध्यक्ष, संसदमा बहुमत पाएको नुर ओटान पार्टीका अध्यक्ष र राष्ट्रनेताको आधिकारिक दर्जा कायम राख्ने बताएका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्