०६ असार २०८३, शनिबार

भारतीय क्रिकेटर गौतम गम्भीर भाजपामा प्रवेश

भारतीय क्रिकेटर गौतम गम्भीर भाजपामा प्रवेश

काठमाडौं – भारतका क्रिकेटर गौतम गम्भीर भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् ।

शुक्रवार आयोजित एक पत्रकार सम्मेलनमा भारतका अर्थमन्त्री अरुण जेटलीले गम्भीरलाई पार्टी प्रवेश गराइएको घोषणा गरेका हुन् । 

पार्टीमा स्वागत गरिएपछि गम्भीरले जेटलीलाई धन्यवाद दिए । 

पत्रकारहरूलाई सम्बोधन गर्दै उनले भने, ‘म प्रधानमन्त्रीज्यू र उहाँको भिजनबाट प्रेरित छु । मैले क्रिकेटका लागि सबै थोक दिएको छु र अब देशका लागि केही गर्नलाई राजनीति निकै राम्रो मञ्च हो ।’ 

अर्थमन्त्री जेटलीले पत्रकारलाई सम्बोधन गर्दै भने, ‘हामीहरू क्याडरबेस्ड पार्टी हौं तर हामी विभिन्न क्षेत्रमा महारथ हासिल गरिसकेका मानिसलाई पनि पार्टीमा भित्र्याउँछौं ।’ 

गम्भीरले क्रिकेट करीयरमा हासिल गरेको सफलताको फेहरिस्त प्रस्तुत गर्दै जेटलीले उनलाई स्वागत गरे । ‘यो महत्त्वपूर्ण प्रवेश हो । उनको उपस्थितिले पार्टीलाई हित गर्ने हाम्रो विश्वास छ ।’

गौतम गम्भीर भारतलाई सन् २०११ को विश्वकप दिलाउने टोलीका सदस्य हुन् । 

एजेन्सी

कमेन्ट गर्नुहोस्