०६ असार २०८३, शनिबार

इराकमा डुंगा दुर्घटना हुँदा मर्नेको संख्या ९४ पुग्यो

इराकमा डुंगा दुर्घटना हुँदा मर्नेको संख्या ९४ पुग्यो

काठमाडौं – इराकको मोसुल शहरनजिक रहेको टिगरिस नदीमा डुंगा डुब्दा मर्नेको संख्या ९४ पुगेको छ । 

डुंगामा क्षमताभन्दा बढी मानिस बोकेका कारण दुर्घटना भएको हो । कुर्दहरूको नयाँ वर्ष मनाउने क्रममा खचाखच यात्रु डुंगामा चढेका थिए । 

नागरिक सुरक्षा प्रमुख कर्नल हुसाम खलीलले बिहीवार नवरोज मनाउन ठूलो संख्यामा मानिसहरू डुंगा चढेको बताए । 

स्थानीय सञ्चारमाध्यमा अनुसार, डुंगामा २०० भन्दा बढी मानिस चढेका थिए । मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूको भनाइ छ । 

एक प्रत्यक्षदर्शीले बताए, ‘मानिसहरू मस्ती गरिरहेका थिए तर केही समयमै वातावरण बदलियो ।’ 

अब्दुल जबार अल जबूरी उक्त डुंगामा चढेका थिए । उनलाई गोताखोरहरूले बचाए । डुंगामा पत्नी र चीन छोरी पनि चढेको तर उनीहरूको बारेमा केही थाहा हुन नसकेको उनले बताए । 

अर्का प्रत्यक्षदर्शी साउदी अजीजले बताए, ‘म अर्को डुंगामा थिएँ र मेरो आँखासामुन्ने डुंगा पल्टियो । मानिसहरू पानीमा प्लास्टिक ब्याग जसरी बगिरहेका थिए । त्यो भयानक दृश्य थियो ।’

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्