०४ असार २०८३, बिहीबार

थाइल्यान्डमा आमनिर्वाचन सम्पन्न : सैनिक जनरल प्रयुत सत्तामा फर्किने सम्भावना

थाइल्यान्डमा आमनिर्वाचन सम्पन्न : सैनिक जनरल प्रयुत सत्तामा फर्किने सम्भावना

काठमाडौं – थाइल्यान्डमा वर्षौंको विलम्बपछि आइतवार आमनिर्वाचन सम्पन्न भएको छ । तत्कालीन निर्वाचित सरकारविरुद्ध पाँच वर्षअघि कू गरेका सैनिक जनरल प्रयुत चान ओचाले नागरिक प्रधानमन्त्रीका रूपमा फेरि सत्ता चलाउने आशा गरेका छन् । 

देशभरिका मतदान केन्द्रमा बिहान ८ बजेदेखि निर्वाचन शुरू भएको थियो र ५ बजेसम्म निर्वाचन चलिरह्यो । पहिलेको आमनिर्वाचनभन्दा दुई घन्टा बढी समयसम्म मतदाताले मत दिन पाएका हुन् । 

लगभग ५ करोड २० लाख मतदाता दर्ता गरिएका छन् र तीमध्ये लगभग ७० लाखले पहिलोपटक भोट दिएका हुन् । 

नयाँ संविधानअन्तर्गत यो मतदान भएको हो । संविधानले देशको नागरिक राजनीतिमा सेनाको उल्लेख्य प्रभावको व्यवस्था गरेको छ र ५०० सीट भएको तल्लो सदनमा कुनै पनि दलले बहुमत ल्याउन अप्ठ्यारो हुने किसिमको व्यवस्था छ । 

दुवै सदनमा बहुमत पाउने व्यक्ति प्रधानमन्त्री बन्नेछ । सिनेटको २५० सीटमा सेनाले धेरैजसो सदस्य मनोनित गर्नेछ र यसले चान ओचालाई फाइदा दिनेछ । 

तैपनि निर्वाचन अभियानमा निकै उत्साह देखिएको छ र पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रासँग जोडिएको पार्टी फेउ थाइले सबभन्दा धेरै सीट जित्ने अपेक्षा गरिएको छ । उक्त दल उत्तरपश्चिमको ग्रामीण क्षेत्रमा शक्तिशाली छ । 

निर्वाचनका ओपिनियन पोलका परिणामहरू प्रकाशित गर्न निर्वाचन अभियानको अन्तिम सातामा प्रतिबन्ध लगाइएको थियो तर अभिजित प्रयुतको नेतृत्वमा रहेको डेमोक्रेट पार्टी दोस्रो स्थानमा अनि प्रयुत चान ओचालाई समर्थन गर्ने गरी खोलिएको पालाङ प्रचारत तेस्रो स्थानमा आउने अपेक्षा गरिएको छ । 

फ्युचर फरवार्ड नामक दल गत वर्ष मात्र कारका पाटपुर्जा बेच्ने अर्बपति थानाथोर्न जुआनरूङरुआंकितले स्थापना गरेका हुन् । उनले परिवर्तनको सन्देश दिएर मानिसहरूलाई उत्साहित गरिरहेकाले उनको दलले अप्रत्याशित परिणाम ल्याउने सम्भावना पनि छ । 

अलजजीराबाट

salt training

कमेन्ट गर्नुहोस्