०३ असार २०८३, बुधबार

सत्तामा आउनेबित्तिकै गरीबीमाथि सर्जिकल स्ट्राइक गर्ने राहुल गान्धीको दाबी

सत्तामा आउनेबित्तिकै गरीबीमाथि सर्जिकल स्ट्राइक गर्ने राहुल गान्धीको दाबी

काठमाडौं – भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले लोकसभा निर्वाचन दुई विचारधाराको लडाईं भएको मंगलवार बताएका छन् । यसका साथै उनले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि नोटबन्दी गरेर कालो धन थुपार्नेलाई सहयोग गरेको आरोप पनि लगाए । 

राजस्थानको सूरतगढमा पार्टीको जनसंकल्प –यालीलाई सम्बोधित गर्दै मोदीले दुई किसिमको हिन्दुस्तान बनाउने कोशिश गरेको आरोप लगाए । त्यो हिन्दुस्तान धनी र गरीबको छुट्टाछुट्टै हुने तर कांग्रेसले मोदीलाई यसो गर्न नदिने उनले बताए । 

कांग्रेस केन्द्रको सत्तामा आउनेबित्तिकै देशको २० प्रतिशत गरीब परिवारको न्यूनतम मासिक आय १२ हजार भारु सुनिश्चित गर्ने राहुलको दाबी छ । 

देशमा २५ करोड मानिस अहिले पनि गरीबीको रेखामुनि रहेको र देशका लागि यो लज्जाजनक विषय भएको कांग्रेस अध्यक्षको भनाइ छ । देशमा २० प्रतिशत गरीब जनतालाई वर्षको ७२ हजार रुपैयाँ प्रतिवर्ष दिने पार्टीको घोषणालाई

गरीबीमाथिको सर्जिकल स्ट्राइकका रूपमा उनले अर्थ्याए । कांग्रेसले देशबाट गरीबी हटाउने र मोदी धनीहरूलाई पैसा दिन्छन् भने कांग्रेसले गरीबहरूलाई पैसा दिने बताए । 

राहुल गान्धीले नोटबन्दी र जीएसटी जस्ता कदमबाट मोदी सरकारले देशमा बेरोजगारी बढाएको आरोप लगाए । नोटबन्दीमार्फत मोदीले कालो धन भएकाहरूलाई सहायता गरेको उनको भनाइ छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्