०१ असार २०८३, सोमबार

यसकारण असफल भएको रहेछ किम र ट्रम्पबीचको वार्ता

यसकारण असफल भएको रहेछ किम र ट्रम्पबीचको वार्ता

काठमाडौं – अघिल्लो महिना भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ–उनबीचको शिखरवार्ता अचानक समाप्त भएको थियो । 

समाचार संस्था रोयटर्सले प्राप्त गरेको कागजातअनुसार, यस बैठकमा ट्रम्पले किमलाई एउटा पत्र दिएका थिए जसमा उनले उत्तर कोरियाको परमाणु हतियार र बम अमेरिकालाई दिन धम्की दिएका थिए । 

यस विषयका जानकार एक सूत्रले बतायो, ‘फेब्रुअरी २८ मा हनोईको मेट्रोपोल होटलमा ट्रम्पले किमलाई अमेरिकाको निर्णयको प्रति कोरियाली तथा अंग्रेजी दुवै भाषामा दिएका थिए । ट्रम्पले किमलाई आणविक निःशस्त्रीकरणको अर्थ के हो भन्ने विषयमा पहिलोपटक आफैं प्रस्ट पारेका थिए । 

उल्लेखनीय कुरा के भने दुवै नेताबीत हुने दिवाभोज पनि असमझदारीकै कारण रद्द भएको थियो । तर दुवै पक्षले शिखरवार्ता अचानक किन अन्त्य भयो भन्ने स्पष्ट पारेका थिएनन् । तर अहिले प्रकाशित कागजातले त्यसको कारण खुलाएका छन् । 

शिखरवार्तापछि ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले अनेकौं टीभी अन्तर्वार्तामा यी कागजातको विषयमा कुरा गरेका थिए । तर दस्तावेजको विषयवस्तुका बारेमा उनले खुलाएका थिएनन् । 

विश्लेषकहरूका अनुसार, बोल्टनले गरेको दस्तावेज र आणविक निःशस्त्रीकरणको लिबिया मोडललाई उत्तर कोरियाले खारिज गरिदिएको थियो । त्यसलाई किमले आफ्नो अपमान गरिएको रूपमा हेरे ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्