०१ असार २०८३, सोमबार

आर्थिक मन्दीका कारण टर्कीका राष्ट्रपति अर्दोआनको सत्तामा आयो संकट

आर्थिक मन्दीका कारण टर्कीका राष्ट्रपति अर्दोआनको सत्तामा आयो संकट

काठमाडौं – टर्कीका राष्ट्रपति रजब तैयप अर्दोआनले स्थानीय चुनाव टर्कीको अस्तित्व बचाउनका लागि महत्त्वपूर्ण रहेको बताएका छन् । देशमा आर्थिक मन्दी भएका कारण उनको पार्टी हार्ने सम्भावनाका बीच उनको बयान आएको हो । 

अर्दोआन र उनको जस्टिस एन्ड डिभलपमेन्ट पार्टी (एकेपी) सन् २००२ मा पहिलोपटक सत्तामा आएपछि हरेक चुनाव जित्दै आएका छन् । तर यसपालि यो दलले अंकाराका साथसाथै इस्तानबुलमा पनि हार बेहोर्न सक्ने विश्लेषकहरूको आँकलन छ । 

देशमा जारी आर्थिक मन्दी, बेरोजगारीमा वृद्धि एवं महंगाइ दर दोहोरो अंकमा पुग्ने जस्ता कारणले अर्दोआन हारको खतरामा छन् । यी चुनावमा मतदाताहरूले मेयर, पार्षद र स्थानीय अधिकारीलाई छान्नेछन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्