चैत १४, २०७४
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
काठमाडौं – यसै महिनादेखि शुरू हुन लागेको लोकसभा निर्वाचनमा एकातिर करोडपति उम्मेदवारहरूको लामो सूची छ भने अर्कातिर आफ्नो खातामा एक पैसा पनि नभएका उम्मेदवार समेत उठेका छन् ।
उत्तर प्रदेशको मुजफ्फरनगरमा लोकसभा उम्मेदवार मांगेराम कश्यप छन् । कश्यप र उनकी पत्नी दुवैको बैंक खातमा एक रुपैयाँ पनि छैन ।
रमाइलो कुरा त, उनी सन् २००० देखियताका सबै चुनावमा उठेका छन् र प्रत्येक चुनावसँगै गरीब हुँदै गएका छन् । यसपालिको लोकसभा चुनावमा शायद उनी नै सबभन्दा गरीब उम्मेदवार हुनुपर्छ ।
एकाउन्न वर्षीय कश्यप वकिल हुन् । उनले सन् २००० मा आफ्नै एक पार्टी बनाए । उनले पार्टीको नाम मजदूर किसान युनियन पार्टी राखे । त्यसपछि हरेक आमचुनावमा उनी उम्मेदवार बने । उनको पार्टीमा एक हजारजना भएको उनी बताउँछन् । तीमध्ये धेरैजसो मजदूर छन् ।
उम्मेदवार मनोनयनका बेलामा उनले आफूसँग नगद, बैंकखातामा रुपैयाँ र गहनागुरिया केही नभएको बताए । पत्नी बबिता चौहानसँग पनि एक रुपैयाँ समेत नभएको उनको भनाइ छ ।
लगभग ५ लाख भारु पर्ने १०० वर्गमिटरको प्लट उनीसँग छ । त्यसबाहेक उनीसँग १५ लाख भारु पर्ने एउटा घर छ । त्यही घर पनि उनले ससुरालीबाट उपहार पाएका हुन् । उनीसँग ३६ हजार भारु पर्ने मोटरसाइकल चाहिँ छ ।
चुनावमा नेताहरूले ठूला ठूला गाडी प्रयोग गरेको भए पनि कश्यप चाहिँ पैदलै हिँडेर जनताकहाँ पुग्छन् । उनले भने, ‘मसँग बाइक छ तर दिनदिनै पेट्रोल हाल्न पैसा छैन । मेरी पत्नी गृहिणी हुन् र मेरा दुई बच्चा छन् । मैले परिवारको स्याहार पनि गर्नुपर्छ । मैले जागिर खान खोजेको त हो तर भनेजस्तो जागिरै पाइएन ।’
कश्यपे भने, ‘यसअघिका चुनावमा मैले पैदलै हिँडेर प्रचार गरेको हो । ठूला नेताले चुनाव प्रचारमा किन यति धेरै रकम खर्च गर्छन् कुन्नि ? त्यो पैसा मानिसहरूको हितका लागि प्रयोग गर्न सकिन्छ नि ।’
मांगेराम कश्यप घरघर गएर मानिसलाई भोट दिन अपील त गर्छन् तर चुनावहरूमा उनलाई केही फाइदा हुँदैन । त्यसैले गर्दा हरेकपटक उनको जमानत जफत हुन्छ र आर्थिक हानि हुन्छ । तर यसपालि चाहिँ परिस्थिति बदलिएर आफूलाई फाइदा हुने उनको आशा छ ।
एजेन्सी
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...